धादिङ्मा एक पुरुषले श्रीमतीलाई कोदालो र हसियाँले हानेर ह*त्या
484 Views
धादिङ, १९ साउन, खोज मिडिया । धादिङ जिल्लाको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको ह*त्या गरेर आफूले समेत आ*त्मह*त्या गरेका छन् ।
बेनीघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको ह*त्या गरेका हुन् । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर ह*त्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आ*त्मह*त्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।
छिमेकीहरूका अनुसार उनीहरूले बिहान घरमा सँगै रक्सी खाएका थिए । खेतमा काम छ भनेर गएपछि बाटोमा आपसी विवादका कारण श्रीमतीको ह*त्या गरेको छिमेकीहरूले बताएका छन् ।
घटनाको विस्तृत अनुसन्धान गरिने जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले दुवै शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताए ।





प्रतिक्रिया दिनुहोस