मेलम्चीमा गएरातिको बाढीले ७ घर बगाए
609 Views
सिन्दुपाल्चोक , खोज मिडिया १९ साउन । मेलम्ची खोलामा निरन्तर आएको बा*ढीले गए राति मेलम्ची–११ का सात घर बगा*एको छ ।
गत असार १ गतेको बा*ढीले कटान गरेका घर बगाएका छन् । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ घर र पुरानो बजारको एक घर बगाएको भनी स्थानीयवासी नेत्र खड्काले जानकारी दिएका छन ।
शनिबारदेखि मेलम्ची खोलामा आएको बा*ढीले हालसम्म ६७ घर*टहरा बगा*एको छ । हेलम्बुका किउल/ चनौटे/ ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छन ।
उनका अनुसार बा*ढीले चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार/ मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची/ इन्द्रावती/ चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जो*खिममा परेका छन् ।
यसअघि गत असार १ गतेको बा*ढीबाट जोगिएको बाहुनेपाटी बजार पनि अहिले जो*खिममा रहेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस