फेवातालमा काइट डुङ्गा पल्टिदा फस्ट रेञ्जर गण र शसस्त्र प्रहरी बलबाट २ जनाको सकुशल उद्धार
1094 Views
पोखरा, साउन १७, खोज मिडिया । पोखराको फेवातालमा काइक डुङ्गा पल्टिदा एयरपोर्ट फस्ट रेञ्जर गण र शसस्त्र प्रहरी बलको टिमले संयुक्त रुपमा उद्धार।
बागमती प्रदेश भक्तपुर जिल्ला मध्यपुरठिमी वडा नम्बर ३ गठ्ठाघर बस्ने बर्ष २४ को सुमन शर्मा र २१ बर्षकी वर्षा ढुंगाना पोखरा घुम्न आउने क्रममा पोखराको फेवातालमा काइक डुङ्गा चलाउने क्रममा डुङ्गा पल्टिएको थियो। डुङ्गा पल्टिएको खबर पाउन साथ् एयरपोर्ट फस्ट रेञ्जर गण र शसस्त्र प्रहरी बलको टिमले तत्काल उद्धारमा खटिएर उद्धार गर्न सफल भएको थियो।
हाल सुमन शर्मा र वर्षा ढुंगानाको अवस्था सामान्य रहेको छ।





प्रतिक्रिया दिनुहोस