सिआइबिद्वारा चाबाहिलको ओमकार डेन्टल होम्प्राली संचालक पक्राउ
708 Views
काठमाडौँ , खोज मिडिया १७ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो *सीआईबी* नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट स्वीकृति नै नलिइ चिकित्सकीय अभ्यास गरेको भन्दै चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चाबहिलको ओमकार डेन्टल होम प्रालिका सञ्चालक ४६ वर्षीय राधाकृष्ण तामाङ/ सञ्चालक तथा चिकित्सक ४० वर्षीय डा.रावेद रन्जनकुमार ठाकुर/ ३१ वर्षीय डा. सौरभ कुमार र कर्मचारी २७ वर्षीय सन्जु साह रहेका छन् ।
सीआईबीका डीआईजी धीरजप्रताप सिंहका अनुसार उनीहरुलाई एनएमसीमा दर्ता नै नगरी अभ्यास गरेको पाइएपछि पक्राउ गरिएको हो।
सुरुमा काउन्सिलमा एक भारतीयले स्वीकृति नै नलिइ डेन्टल क्लिनिकमा अभ्यास गरेको भन्दै उजुरी परेको थियो । डीआईजी सिंहले भने। (त्यसपछि काउन्सिसले यसबारे सीआईबीलाई जानकारी गराएको थियो। साथै मेडिकल काउन्सिलले नै उनीहरु माथि उजुरी गरिएको थियो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने आउन बाँकी रहेको सिंहले बताएका छन ।





प्रतिक्रिया दिनुहोस