पत्रकारलाई धम्कि दिएका श्रेष्ठ पक्राउ
732 Views
पाेखरा ,खोज मिडिया १७ साउन । नक्कली बिलमार्फत अनुदानको रकम समेत जोडेर विद्यार्थीलाई किताब बेच्दै गरेकाे पोखराको सरकारी स्कुलबारे समाचार लेख्ने पत्रकारलाई धम्की दिने श्रीकृष्ण श्रेष्ठ प्रहरीले निय*न्त्रणमा लिएका छन् । नवलपरासी घर भई पोखरा ११ काहुँ बस्दै आएका श्रेष्ठलाई कास्की प्र*हरीले शनिबार नि*यन्त्रणमा लिएको हो ।
काहुँको कालिका माध्यमिक विद्यालयले फर्जी बिल बनाएर निःशुल्क पाइने पुस्तक विक्री गरिरहेको बारे गत ६ साउनमा पाेखरान्यूजडटकमले समाचार प्रकाशन गरेको थियो । त्यसबारेकाे समाचार साेही दिन गण्डक न्युजमा पनि प्रका*शित भएकाे थियाे ।
समाचारका लागि बुझ्ने क्रमदेखि नै विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धरको श्रीमान् हुँ भन्दै श्रीकृष्णले पत्रकारलाई लगातार फोन र म्यासेज गरेर भेट्न दवाव दिइरहेका बताए ।त्यसपछि श्रेष्ठले धम्कीपूर्ण भाषामा नभेटे राम्रो नहुने भन्दै पत्रकार अधिकारीलाई चेतावनीयुक्त म्यासेज पठाएका थिए । त्यतिमात्र होइन पत्रकार विरु*द्ध नै मान्छे परिचालन गरी चरित्रहत्या गर्न श्रेष्ठ उत्रिए ।
लगातारकाे धम्की पछि पत्रकारहरु श्रेष्ठ वि*रुद्ध कानुनी उपचार खाेज्न बाध्य भए । यसैक्रममा प्रेस चौतारी कास्कीले पत्रकारलाई धम्की दिइएकाे घट*नाकाे वि*राेध गरेपछि श्रेष्ठ प्रहरी निय*न्त्रणमा छन् । प्रेस स्वतन्त्रताकाे हनन र पत्रकारले निर्वाधरुपमा कार्यक्षेत्रमा काम गर्न अवराेध गर्ने याे घट*नाकाे चाैतारीले कडा शब्दमा आपत्ति जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार आ*रोपी श्रेष्ठलाई शनिबार पूर्वान्ह १० बजे कार्यालयमै झिकाई निय*न्त्रणमा राखिएको बताए ।
समाचार लेखेकै विषयमा धम्की दिँदै पत्रकार विरु*द्ध आ*क्रमण सुरु भएपछि पत्रकार सम्बद्ध संघसंस्थाले चर्को आ*पत्ति जनाएका छन् । पत्रकार महासंघ गण्डकी/ पत्रकार महासंघ कास्की/ प्रेस चौतारी कास्की/ प्रेस युनियन कास्की/ प्रेस संगठन कास्की/ अनलाइन पत्रकार संघ गण्डकी/ खेलकुद पत्रकार मञ्च गण्डकीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी दोषीमाथि कार*बाही गर्न माग गरेका छन् । प्रेस चौतारी कास्कीले पत्रकार महासंघ भवनमा तालाबन्दी समेत गरेको छ ।





प्रतिक्रिया दिनुहोस