पत्रकारलाई धम्की दिदा पनि पत्रकार महासंघले केहि नबोलेको भन्दै तालाबन्दी
1023 Views
पोखरा, खोज मिडिया १७ साउन । समाचार लेखेको विषयलाई लिएर पत्रकार रञ्जन अधिकारीलाई ध*म्की आएको घट*नामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी कास्कीले महासंघ कास्की शाखामा तालाबन्दी लाएको छ ।
पत्रकारको संगठन महासंघ नै पत्रकारको अभिभावकत्व लिन नसकेको आ*रोप लगाउँदै प्रेस चौतारीले शनिबार दिउँसो महासंघको मुस्ताङचोकस्थित महासंघ कार्यालयमा तालाबन्दी गरेको थियो । पत्रकारमाथि यस्ता धम्की आउँदा पनि पत्रकार महासंघले अभिभाकत्व ग्रहण नगरेको भन्दै तालाबन्दी गरिएको चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताएका छन ।
नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई समाचार लेखेकै विषयलाई आधार बनाएर फोन/ फेसबुक म्यासेन्जर र एसएमएसमार्फत धम्की दिने/ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की लगाउने कार्य भएकोमा लामो समयसम्म पत्रकारको संगठनले केही नबोलेको भन्दै तालाबन्दी गरिएको प्रेस चौतारीले जानकारी दिएका छन।
सो कार्यमा संलग्न भनिएका श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका सफल सुवेदीलाई कारबाहीको दायरामा नल्याउदासम्म तालाबन्दी नखोलिने प्रेस चौतारीले चेतावनी दिएको छ । यसैबीच संचारसम्बद्ध विभिन्न संघसंस्थाले प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै दोषी उपर कारबाही माग गरेका छन् । पत्रकार महासंघ कास्की सदस्य पत्रकार अधिकारी हाल गण्डक न्यूजका सम्पादक रहेका छन ।





प्रतिक्रिया दिनुहोस