सिन्धुपाल्चोकमा फेरी बाढी आयो मेलम्ची आसपासका स्थानीय शनिबार राती आएको बाढीले फेरि त्रसित
736 Views
सिन्धुपाल्चोक, साउन १७, खोज मिडिया । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ ।
असार १ को भीषण बाढीपछि मेलम्ची आसपासका स्थानीय शनिबार राती आएको बाढीले फेरि त्रसित भएका छन् । नदिले कटान गरेको बस्ती र अन्य संरचना जोगाउन मेलम्ची र हेलम्बु क्षेत्रका स्थानीय बाढी गएदेखी नै निरन्तर लागिरहेका थिए ।
हिजो बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको छ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार रातीको बाढी पछि हेलम्बुको चनौटे बजार बाटै नदि बगेको छ । राती बाढी आएपछि नदि आसपासका स्थानीयमा भागदौड भएको थियोे । अहिले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना,प्रहरीको थप टोलि परिचालन गरेको छ ।





प्रतिक्रिया दिनुहोस