भल्वाडी म्हारमेन युवा क्लवद्धारा रजिता तामाङलाई सहयोग हस्तान्तरण
932 Views
रोमन लामा
रामेछाप १६ श्रावण खोज मिडिया। रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं-४,भल्वाडी स्थायी घर भई हाल ललितपुर इमाडोलमा ठुली आमाको छोरी कहाँ बस्दै आइरहेकी रजिता तामाङको वेदनाको कथा २/३ हप्ता अगाडि रास्ट्रिय दैनिक देखि विभिन्न अनलाइन खवरहरुमा जताततै देखिन थाले। जुन वेदनाको कथा हाम्रो खोज मिडियाले पनि उहाँको अनुमति लिएर सार्वजनिक गरेको थियो। एक हिसाबले भनौ सो समाचार भाइरल भयो। धेरैले त्यसलाई शेयर गर्ने जमर्को गरेको थियो।
रामेछाप १६ श्रावण खोज मिडिया। रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं-४,भल्वाडी स्थायी घर भई हाल ललितपुर इमाडोलमा ठुली आमाको छोरी कहाँ बस्दै आइरहेकी रजिता तामाङको वेदनाको कथा २/३ हप्ता अगाडि रास्ट्रिय दैनिक देखि विभिन्न अनलाइन खवरहरुमा जताततै देखिन थाले। जुन वेदनाको कथा हाम्रो खोज मिडियाले पनि उहाँको अनुमति लिएर सार्वजनिक गरेको थियो। एक हिसाबले भनौ सो समाचार भाइरल भयो। धेरैले त्यसलाई शेयर गर्ने जमर्को गरेको थियो।
अन्तत सो समाचार सम्प्रेषणपछि रजिता तामाङको लागि सहयोग गर्नेहरुको लस्कर लागेको छ। सोही क्रममा विभिन्न संघ/संस्था त कतै व्यक्तिगत तवरबाट आ-आफ्नो गक्षअनुसार सहयोग गर्नेहरु देखिन थालेको छ। आज नै सुनापतीकै स्थानीय संस्था भल्वाडी म्हारमेन युवा क्लवले रजिता तामाङलाई एक कार्यक्रमको माझ सहयोग हस्तान्तरण गरेको छ। सो सहयोग संस्थाको उपाध्यक्ष विजय दोङ र सह सचिव सुरेन्द्र कुमार तामाङको हातबाट हस्तान्तरण गरिएको छ। आज भएको कार्यक्रममा नगद रु.५०,००३।- (पचास हजार तिन रुपैयाँ ) सहित गरी गरि जम्मा नगद रु.१७८०६३l- रजिता तामाङलाई हस्तान्तरण गरेको छ।
विगत ८ वर्ष देखि कान नसुन्ने, आँखा कमजोर हुदै गएको र आर्थिक अवस्था कमजोरी भएको हुँदा उपचारको लागि भल्वाडी म्हारमेन युवा क्लबको संयोजकत्वमा देश भित्र र देश बाहिरबाट निम्न व्यक्तिहरुले सहयोग गरेका छन् ।
१.खुसुम राई,खोटाङ- 20 युरो
२.पुनम थापा,सर्लाही-50 युरो
३.वसन्ती मोक्तान,काभ्रे-25 युरो
४.सजनी तामाङ,रामेछाप-40 युरो
५.सन्जु बल,सर्लाही-10 युरो
६.मेनुका गोले,काभ्रे-15 युरो
७.चम्पा मगर,नवलपुर-11 युरो
८.जेनि शेर्पा,सोलुखुम्बु-30 युरो
९.कल्पना तामाङ,रामेछाप-29 युरो
१०.रामहरि खड्का,दक्षिणकाली-10 युरो
११.करिना स्याङवा,काभ्रे-10 युरो
१२.कल्पना वाइवा,काभ्रे-10 युरो
१३.पुर्णी लामा,काभ्रे-15 युरो
जम्मा: २७५ युरो (नेपाली नगद रु.३७९४३।-)
१४.विजय दोङ-५०००।-
१५.सन्जिव तामाङ ( बाबू)-३०००।-
१६.भिषण दोङ-१०००।-
१७.मोतिलाल तामाङ-१०००।-
१८.रत्न तामाङ-१०००।-
१९.निरिमाया लामा-५५५।-
२०.सुरेन्द्र कुमार तामाङ-५०५।-
जम्मा नगद रु.५०,००३।-
२१.सानू हस्त स्मृति समाजबाट नगद रु. ५५,५५५।-,
२२.ल्हाटा एकता समाजबाट रु.१५,०००।
२३.भल्वाडी मैत्री सेवा समाज र विभिन्न संस्थाद्धारा रु.५७,५०५।
गरि जम्मा नगद रु.१,७८,०६३l-
साइप्रसबाट कल्पना तामाङको पहलमा उहाँ लगायत सहयोग गर्नु हुने र नेपालबाट सहयोग गर्नु हुने सम्पुर्ण मनकारी सहयोगी मनहरुलाई भल्वाडी म्हारमेन युवा क्लवले धेरै धेरै आभारी एवम धन्यवाद दिएको छ। उक्त संस्थाले रजिता तामाङको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। आज भएको सहयोग सम्वन्धि जानकारी सो संस्थाको सह-सचिव सुरेन्द्र कुमार तामाङले खोज मिडियासँग दिनु भएको छ।





प्रतिक्रिया दिनुहोस