साउन १५ नेपाली समाजमा (पायस) पकाएर खुवाउने प्रचलन
946 Views
कास्की , खाेज मिडिया १५ साउन । आज साउन १५ गतेका दिन आम नेपाली समाजमा खिर पकाई आफन्तलाई बाेलाएर मनाईने विशेष दिन रहेकाे छ ।
वर्षा ऋतुका बेला असार १५ गते दही/ च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा रहेमाे पाईन्छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने प्रचलन रहिआएको छ । दूधमा म*रमसला*लगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास मानिन्छ ।
संस्कृ*त भाषामा (पायस) भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा.रामचन्द्र गौतमले बताउनुभएको छ ।
साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिने समय हाे । हरियाली बढी हुने भएकाले घाँस,हरियाे जन्य तरकारी बढी मात्राम पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई/ भैँसीले पनि धेरै दूध धेरै दिने गरिन्छ । दूध धेरै भएपछि इष्टमित्र/ चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन रहिआएको छ ।
चामल/ सावधाना/ सेवइ/ मकै/ गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिएकाे छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने गरिन्छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास पनि मानिन्छ ।
साउन महिना भगवान् शिवको महिना पनि मानिन्छ । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमले बताउनु भएकाे छ । तर यसको कुनै शास्त्रीय वचन भने नरहेकाे जनाउनु भयाे ।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्रा*ह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको छ । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्रा*द्धका दिन अनिवार्यरुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँने गर्छन् ।





प्रतिक्रिया दिनुहोस