घण्टौ सम्म विदुत आपुर्ती नहुँदा सिन्धुपाल्चोक बासी समस्यामा
551 Views
सिन्धुपाल्चोक,खोज मीडिया १४ साउन । सिन्धुपाल्चोक सदरमुकाम चौतारा लगायतका बस्तीहरुमा लामो समयसम्म विदुत आ*पुर्ती नहुदा सेवाग्राहीहरु मर्का*मा परेको जानकारी दिए ।दिनहुँ घण्टौसम्म विद्युत नआउदा सेवाग्राहीहरु लामो समयदेखि समस्यामा छन् । विद्युत सूचारु भएपनि कम भोल्टेज आउदा सेवाग्राहीहरु झनै समस्यामा छन् ।
मध्यभोटेकोशी जलविदुत आयोजनाले जिल्लाबासीहरुको लागि शेयर खुला गरेपछि त्यो भर्नका लागि बैंकहरुमा भि*ड छ तर विद्यु*त नहुदा बैंकमा आएका सेवाग्राहीहरु समेत समस्यामा परेका छन । बैंकहरुले जेने*रेटर चलाएर दैनिक काम गर्ने गरेपनि दैनिक १०/१२ घण्टा जे*नेरेटर चलाउदा खर्च चलाउनमै समस्या भएको मेगा बैंक चौतारा शाखाका प्रबन्धक रामकृष्ण पराजुलीले जानकारी दिए ।
लामो समयसम्म जेनेरेटर चलाउदा कम्प्युटर लगायत अन्य वि*द्यु*तीय उपक*रणहरु बिग्री*एको पराजुलीको भनाई छ । (दैनिक १० देखि १२ घण्टा जेनेरेटर चलाउनु पर्ने हुन्छ । खर्च मात्रै दैनिक १० हजारसम्म आउछ । प्रबन्धक पराजुलीले भने ! (बैंकको नाफा त जेने*रेटर चलाउदा नै सकिन्छ काम गर्न एकदमै समस्या भएको छ ।)
जिल्लाका दुर्गम बस्तीहरुबाट बैंक लगायत अन्य संस्थाहरुमा काम लिएर आउने सेवाग्राहीहरु दुइ दिन सम्म सदरमुकाममा नै बस्नु पर्ने बाध्यता रहेको छ ।
बैंकहरुमा मात्रै होइन जिल्ला प्रशासन कार्यालय,मालपोत,नापी लगायतका सरकारी कार्यालयहरुमा नागरिकता पासपोर्ट,लालपुर्जा,नक्सा लगायतका कामहरु लिएर आउने सेवाग्राहीहरु विद्युत नहुदा चरम समस्या भोगिरहेका छन् ।
फोटोकपी लगायत अन्य वि*द्यु*तबाट हुने कामका लागि सेवाग्राहीहरुले चर्काे शुल्क समेत तिर्न बाध्य भएका छन् । ब्याट्री बाट कम्प्युटर/फोटोकपी लगायतका मेशिन चलाउदा हाम्रो नै बढी पर्छ त्यही भएर शुल्क पनि बढी नै पर्छ सेवा स्टेशनरीका प्रकाश श्रेष्ठले भने ।
सरकारी कार्यालयहरुले सोलार राखेपनि वर्षाको समयमा घाम नलाग्दा सोलार सिस्टमले समेत काम नगरेको मालपोत कार्यालय सिन्धुपाल्चोकका कर्मचारी हरिचन्द्र गौतमले जानकारी दिए ।कतिपय स्थानमा लिफ्ट प्रणाली मार्फत स्थानीयले खानेपानी उपभोग गर्दे आएका छन् तर लामो समयसम्म विद्युत आपुर्ती नहुने र आए पनि कम भोल्टेजको विद्युत आउदा मेशिन चलाउन नै समस्या भएको खानेपानी उपभोत्ताहरुले गुनासो गरेका छन् ।
भोल्टेज कम आउदा विद्युतीय उपकरणहरु समेत बिग्रने गरेको स्थानीयको गु*नासो छ । २२० भोल्ट विद्युत प्रवाह हुनु पर्नेमा अहिले सदरमुकाम चौतारा लगायतका बस्तीहरुमा १३० भोल्ट मात्रै करेण्ट प्रवाह भइरहेको छ ।
विद्यु*त भो*ल्टेजमा अप डाउन हुने गर्दा कम्प्युटर लगायतका उपकरणहरु बिग्रीएको सेवा कम्प्युटर सेन्टर चौताराका प्रमुख एवम कम्युटर एशोसियसन क्यानका केन्द्रीय सदस्य प्र*भात श्रेष्ठले जानकारी दिए । (विद्युतबाट त केही काम नै गर्न सकिदैन/त्यही भएर सोलार र ब्याट्री राखेको छु ।) श्रेष्ठले भने! त्यसले पनि राम्रो सँग काम नै गरेको छैन ।
सवस्टेशनमा कमसल ब्याट्री राख्दा समस्या ;-
सदरमुकाम लगायतका क्षेत्रमा लामो समयदेखि विद्युत प्रवाहमा समस्या भएपछि नेपाल विद्युत प्राधिकरणले कुभिण्डेमा सब स्टेशन निर्माण गरेपनि सबस्टेशनमा ठेकेदारले कम गुणस्तरको ब्याट्री राखेपछि समस्या भएको नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्रका प्रमुख सानुबाबु थापाले बताए । भोल्टेज लगायतका समस्यालाई समाधानका लागि सब स्टेशन निर्माण भएपनि अहिले त्यहाँ समस्या आएको उनले बताए ।
बैशाख २० गतेबाट सबस्टेशन सञ्चालनमा आएपछि यो समस्या धेरै रुपमा समाधान भएको थियो तर अहिले ब्याट्री बिग्रेपछि फेरी उही समस्या दोहोरीएको छ । प्रमुख थापाले बताए सबै स्टेशन सँगै मेलम्ची क्षेत्रमा पनि अहिले सिन्धुपाल्चोक वितरण केन्द्रबाटै वि*द्युत आ*पुर्ती भएकाले पनि कम भो*ल्टेज आएको थापाको भनाई रहेको छ ।
मेलम्ची क्षेत्रमा ६६ केभीएको कनेक्सन टुटेपछि अहिले भोटेचौर/पाँचखाल र चौतारा क्षेत्रबाट वि*द्युत प्रवाह गरिएको छ । मेलम्ची क्षेत्रमा बाढीले ढ*लाएको विद्यु*तको टा*वरहरु निर्माण भइरहेको र यो निर्माण सकीएपछि अहिले देखिएको समस्या समाधान हुने थापाले अपे*क्षा गरे ।
सिन्धुपाल्चोकमा अहिले बेलुकीको समयमा ५ मेगावाट र दिउँसो २ मेगावाट विद्युत माग रहेको छ । सुनकोशी जलवि*द्युत केन्द्रबाट अहिले दैनिक १० मेगावाट वि*द्युत उत्पादन भइरहेको छ ।
यहाँ उत्पादन भएको विद्युत प्राधिकरणको केन्द्रिय ग्रिडमा जोडिएको भएपनि समस्या कायम नै रहेको छ । सुनकोशी जलवि*द्युत केन्द्रमा जडान गरिएको ६ एमबीएको ट्रान्स*र्फमरमा समेत समस्या आउने गर्दा विद्युत प्रवाहमा समस्या हुने गरेको प्रमुख थापाले जानकारी दिए ।
कुभि*ण्डेमा निर्माण भएको सबस्टेशनमा चार वटा फिडर निकालेर ठोकर्पा/चौतारा/जुगल र सिम्पालकाभ्रे क्षेत्रमा विद्युत प्रवा*ह भइरहेको बताए । पहिला सबै एकै फिडरबाट वि*द्युत लैजाद समस्या थियो अहिले सब*स्टेशनमा छुट्टा छुट्टै फि*डर बाट लाइन दिएको छ तर सब स्टेशनमा नै समस्याका कारण यस्तो भएको हो प्रमुख थापाले बताए ।
सबस्टेशनमा रहेको ब्याट्री परि*वर्तनका लागि आफुहरुले ठेके*दारलाई पटक -पटक भनेपनि चासो नदिएको प्रमुख थापाले गुनासो पोखाए । हामीले सिन्धुपाल्चोकको वि*द्युत समस्यालाई समाधन गर्न धेरै काम गरेका छौ तर प*र्याप्त जनशक्ति नहुदा पनि समस्या भएको थापाले जानकरी दिएका छन ।





प्रतिक्रिया दिनुहोस