ओलीद्वारा महत्त्वपूर्ण छलफल तथा भेटघाट थापाथलीबाट गर्न थाले
633 Views
काठमाडौं, खाेज मिडिया १४ साउन । पूर्वप्रधानमन्त्री तथा ने*क*पा/एमाले/का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थालेका छन् ।
अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरु पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बिहीबारपनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए ।
उनि प्रधानमन्त्री रहँदा उनले मन्त्री निवास बालुवाटारबाटै पार्टीका सम्पूर्ण बैठक गर्दै आउनुभएको थिए तर अबका दिनहरुमा पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जानकारी दिएका छन् ।
अध्यक्ष ओलीको स्वास्थ्यमा कुनैपनि समस्या नरहेको र उनी सक्रिय रुपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था रहेको उनको भनाई रहेकाे छ । कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको उनले बताएका छन्फ। उनले भने! पार्टी केन्द्रीय कार्यालयमा अलि व्यवस्थित गरेर उहाँहरुलाई अर्को कुनै अप्ठ्यारो नहोस्/ भीड*भाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कार्यकक्षहरूको व्यवस्था भएको छ ।
उहाँको भेटघाट गर्ने रुमको व्यवस्था रहेका छन् । हामीले व्यवस्थित ढंगले नै भेट्ने र अरु पार्टीका कामहरु गर्ने वातावरण केन्द्रीय कार्यालयमा तयार भएको बताए । सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रमहरु भर्चु*अल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस