पार्टीको वि*वाद चाँडै छिनोफानो गर्नुपर्ने सुझाप (केपी ओलि शर्माकाे)
1526 Views
काठमाडौं, खाेज मिडिया १४ साउन । ने क पा का अध्यक्ष केपी शर्मा ओलीले छिट्टै पार्टीको वि*वादको छिनो-फानो लगाउन निर्देशन दिएका छन् । वि*घटित कार्यदलका आफू पक्षीय नेतालाई ओलीले यस्तो वि*वादमा धेरै समय अलमलिन नहुनेसमेत बताएका छन् ।
*पार्टी सधैँ एउटै कुरालाई लिएर अलमलिन सक्दैन । पार्टीले आफ्ना गतिविधि गर्नुपर्ने हुन्छ ।* एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले सेतोपाटीसँग भने।*अध्यक्षले पार्टी एकताका लागि प्रयास गरिरहेका नेताहरूलाई छिट्टै विवादको टुंगो लगाउन निर्देशन दिनुभएको छ । यो स्वभाविक हो ।*
पार्टी एकताका लागि गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको हाे । वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनलाई स्वीकारेका छैनन् । कार्यदलले काम सकेकाले यसमा रहेका नेताहरूलाई धन्यवाद दिँदै एमाले केन्द्रीय कमिटीले कार्यदल विघटन गरिसकेको छ । उक्त बैठकमा नेपाल पक्षीय नेताहरूको भने सहभागी थिएनन् ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ/ विष्णु पौडेल/ विष्ण रिमाल/ शंकर पोखरेल र प्रदीप ज्ञवाली थिए । वरिष्ठ नेता नेपालका तर्फबाट भीम रावल/ घनश्याम भुसाल/ गोकर्ण बिष्ट र रघुजी पन्त थिए ।





प्रतिक्रिया दिनुहोस