फतुवा विजयपुरमा डेढ सय जना जनमत पार्टीमा प्रवेश
337 Views
मेवालाल यादव
रौतहट, साउन १४, खोज मिडिया । आज रौतहटको फतुवा विजयपुर बजार स्थित विजयपुर शिक्षा सदन को प्रांगणमा जनमत पार्टीको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ज्यूको प्रमुख आतिथ्यमा एवं जनमत पार्टी रौतहट को जिल्ला सचिव बिकास कुमार यादव ज्यूको विशेष आतिथ्यमा र युवा जनमत संघ रौतहटको जिल्ला संयोजक ज्वाला रणवीर (बिबेक), पत्रकार जनमत संघको जिल्ला संयोजक मेवालाल यादव लगायतका नेताहरुको उपस्थितिमा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
उक्त पार्टी प्रवेश कार्यक्रममा ईन्जिनियर कृष्णा कुमार साह जी को नेतृत्वमा गौरव चौधरी, फिरोज चौधरी, श्याम कुमार चौधरी, भरत चौधरी, मौजेलाल यादव, राजकुमार यादव, राजकिशोर चौधरी, प्रदिप माझी, दशरथ चौधरी, रजेन्द्र चौधरी, मौजेलाल यादव लगायत डेढ सय भन्दा बढी नगरस्तरीय अगुवा प्रभावशाली व्यक्तिहरू विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीको सदस्यता लिएर जनमत पार्टीमा प्रवेश गरेका छन् । नव प्रवेशी सबै जना लाई प्रमुख अतिथि ललित मल्लिक शानू ले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका थिए । उ
क्त कार्यक्रममा प्रमुख अतिथि मल्लिक ले संबोधन गर्दै मधेशमा व्याप्त गुण्डा राज चरमसिमा नाघेको भ्रष्टाचारको अन्त्य, एक घर एक रोजगारीका लागि र मधेशीको अधिकार लागि जनमत पार्टी को विकल्प नरहेको र अब म्याद गुज्रिएको निकम्मा पुरानो पार्टीहरुको मधेश सफाइ अभियान को साथ निर्मुल गर्नु पर्ने बताएका थिए । विशेष अतिथि विकास यादवले पार्टीको नीति तथा सिद्धान्त बारे प्रष्ट पार्नुभएको थियो कार्यक्रममा युवा जनमत संघ रौतहटको संयोजक ज्वाला रणवीर पत्रकार जनमत संघ रौतहटको संयोजक मेवालाल यादव लगायतका नेताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।





प्रतिक्रिया दिनुहोस