सेयर बजार हाल सम्मकै उच्चा बिन्दुमा
372 Views
काठमाडौं,खोज मीडिया १४ साउन । बुधबार नेपाल स्टक एक्स्चेन्ज * ंनेप्से*ले हालसम्मका सबै रेकर्ड ब्रे*क गरेको छ । बुधबार सेयर बजार ३ हजार १ सय १२ बिन्दु*पार गरेर फर्किएको छ । दिनभर बजारमा उताव -चढाव आउँदै अन्त्यमा नेप्से ३ हजार ९४ दशमलव ९४ को बिन्दुमा पुगेर कारो*बार बन्द भएको थियो ।
बैंकमा सहज तर*लता र सस्तो ब्याजदर नै सेयर बजारमाथि जाने प्रमुख कारण हुन् । यस दिन बिमा र होटेल तथा पर्यटन समूहमा बढी आकर्षण देखिएको थियो । प्रायः साउन*भदौमा सेयर बजारमा रौनकता आउने गर्छ । यस समयलाई सेयर बजारको प्रमुख सिजनका रूपमा लिइन्छ । साउन मसान्तसम्म सबै सूचीकृत कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गर्ने र त्यसपछि लाभांश घोषणा हुने भएकाले सेयर बजारमा लगानीकर्ता सक्रिय हुने जानकारहरू बताउँछन् ।
३१ सयको बिन्दुपार गर्दै फर्कियो नेप्से
पछिल्लो समय नयाँ उचाइमा पुगेको बजारले हरेक दिन उच्च बिन्दुको रे*कर्ड बनाउने र अर्को दिन घ*ट्ने प्रवृ*ति भइरहेको छ । आइतबारको रे*कर्ड मंगलबार र मंगलबारको रे*कर्ड बुधबार तो*डिएको देखिन्छ । १५ दशमलव ३० अंकले बढेको बजारमा २ सय १९ कम्पनीको १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरको २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता सेयर कारोबार भएका बताएको छ ।
कारो*बारमा आएका १३ वटा उपसमूहमध्ये नौवटा उपसमूह बढेका छन् भने बाँकी घटे*का पाइए । बुधबार निर्जीवन बिमा समूह सर्वाधिक ४४९ दशमलव ५६ अंकले बढ्दा जीवन बिमा समूह ४३१ दशमलव ३८ अंकले बढेकोे छ । प्रतिशतका आधारमा भने सबैभन्दा बढी होटल तथा पर्यटन समूह ७ दशमलव शून्य ९ प्रतिशतले बढेको छ ।
त्यस्तै, फाइनान्स समूहसमेत ७० दशमलव १६ अंकले/ विकास बैंक ४८ दशमलव ३६ अंकले/ लघुवित्त ३७ दशमलव २४ अंकले/ लगानी/ व्यापार र अन्य समूहसमेत बढेका छन् । बाँकी जलविद्युत्/ बैंकिङ/ उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड घ*टेका छन् ।
यस दिन नारायणी विकास बैंक/ मल्टिपर्पोज फाइनान्स र चन्द्रागिरी हिल्सको सेयर मूल्य ठीक १० प्रतिशतले बढेको छ । युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ३८ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै! नेसनल हाइड्रोपावरको ३६ करोड ५३ लाख, अरुण भ्याली हाइड्रोपावरको ३३ करोड ६१ लाख र सानिमा माइ हाइड्रोको ३१ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् शून्य दशमलव शून्य २ अंकले बढेर ५ सय ७४ दशमलव ३२ को बिन्दुमा आइपुगेको छ ।





प्रतिक्रिया दिनुहोस