COVID-19 ले नेपाली गीत–संगीतलाई पारेको प्रभाव
702 Views
दिपा तामाङ
कुनैपनि देशको सांस्कृतिक मुल्य मान्यताको पहिचान हुने गर्दछ, गीत, सङ्गीत, साहित्य र कलाको माध्यमबाट । नेपाल एउटा बहुजाति, भाषा, धर्म र सस्कृतिकाे देश हो । त्यसैले यहाँका गीत सङ्गीतहरुमा विविधता रहेको पाइन्छ ।
पुर्वीय लोकगीत ,पश्चिमी लोकदोहोरी, आधुनिक गीतसङ्गीत, शास्त्रीय सङ्गीत, पप, रक इत्यादि सबै प्रकारका गीतसङ्गीतहरुको सृजनात्मक कामहरु भइरहेको थियो । तर जब कोरोना भाइरस नामक सरुवा रोगको संक्रमण फैलिएसङ्गै नेपाली गीत सङ्गीतको गति खुम्चिन पुग्यो । उसो त नेपाली साङ्गीतिक क्षेत्रमा मात्र होइन ,सारा बिश्वलाई नै आक्रान्त बनाएकोले हाम्रो देश पनि अछुत रहन सकेन ।
सरकारले यस रोगलाइ महामारीको रुपमा फैलन नदिनको लागि उच्छ सतर्कत सङै लकडाउनको अवधारणालाई लागू गरे सङै लामो समय सम्मको लकडाउनको कारण नेपाली गीतसङ्गीत क्षेत्रमा काम गर्ने श्रष्टा, सर्जक तथा कलाकारहरूलाई प्रभाव पारेको हुनाले नयाँ सृजनात्मक कामहरु हुन सकेनन् । गीतसङ्गीत आफैमा एउटा भौतिक उपस्थितिमा निर्माण गरिने सृजना हो, जब कि लकडाउनले भौतिक उपस्थिति बन्द भएपछि नेपाली गीतसङ्गीतको कार्यमा बाधा अड्चन आइ पर्यो । कोरोना भाइरसका कारण विभिन्न देश तथा बिदेशमा हुने साङ्गितिक कार्यक्रमहरु बन्द र यहाँ हुने रेकर्डिङ कामहरू पूर्णरुपमा बन्द भए पश्चात् आर्थिक आय आर्जन नहुँदा दैनिक व्यवहारमा समेत असर पुग्न गयो ।
कलाकारहरु मानसिक तथा आर्थिक कठिनाइहरुका कारण अन्य व्यवसाय गर्नुपर्ने योजना वा विदेश गएर जिवनयापन गर्ने जस्ता परिकल्पना गर्न समेत बाध्य भए । यस्तो विपतको घडीमा आफू र परिवारलाई कसरी सुरक्षित राख्न सकिन्छ, भन्ने तिर ध्यान केन्द्रीत गर्दै यसबीचमा प्रविधिको विकासलाई प्रयोग गरि घरमै बसी अडियो तथा भिडियो रेकर्ड गरि इमेल, जिमेल, वाट्सएप, भाइवर, मेसेनजर आदिको माध्यमबाट जनचेतना तथा सन्देशमुलक गीतसङ्गीतहरुको निर्माण कार्यहरु भइरहयो । वर्तमान अवस्थामा कोरोना भाइरसको प्रभाव अझैपनी भनेजस्तो कम भैसकेको छैन । सरकारी निकायहरूबाट विभिन्न प्रकारका कोरोना भाइरस रोकथामका पहलहरु भएका छ्न् । जनस्वस्थ्यका मापदण्ड पालनालाई जोड दिनुपर्छ ।
कोरोना भाइरस विरुद्धको खोप अनिवार्य लगाउने । सर्वसाधारणहरु आफै सचेत भइ भिड्भाड कम हुने खालका कार्यहरु गर्ने । सार्वजनिक यातायातमा सीमित यात्रुहरु राखी संचालन गर्ने जस्ता कुराहरुलाइ अपनायौ भने कोरोना भाइरसको संक्रमण कम भएको अवस्थामा मात्रै नेपाली गीत सङितले पुरानो गतिमा फर्कन सक्नेछ ।





प्रतिक्रिया दिनुहोस