गायिका तथा संगीतकार दिपा तामाङको नयाँ म्युजिक भिडियो सार्वजनिक
1653 Views
काठमाडौं, साउन १३, खोज मिडिया । नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका तथा संगीतकार दिपा तामाङको “म एउटा यस्तो गित” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार लोक राईको शब्द रचनामा रहेको यस गीतलाई चर्चित तथा लोकप्रिय गायक, सङ्गीतकार महेन्द्र राईले कम्पोज गरेका छन्, सङ्गीत सम्योजक कुमार थापा को रहेको छ, रेकर्डिष्ट भने राजेश श्रेष्ठ र अडियो मिक्सिङ्ग किशोर थापाको रहेको छ ।
गायिका दिपा तामाङको एकल आवाजमा सजियको यो गितको म्युजिक भिडियोमा गायिका आफैले अभिनय समेत गरेकी छिन् ।
सानै उमेर देखि गित संगीत रुचाउने गायिका दिपा तामाङ अरुको गीतहरु कभर गाउदै यस क्षेत्रमा प्रवेश गरेकी हुन, पुर्बेली गायिका भनेर चिनिने उहाको कभर गीतहरु अझै हामीले युटुबमा प्रसस्त पाउन सकिन्छ । उनी भन्छिन् गीत संगीत पनि एउटा क्षेत्र हो जसबाट आफु परिचित हुन सकिन्छ आफ्नो प्रस्तुति राखेर केही गर्न सकिन्छ। विशेस गरी पुर्बेली भाकाको गित गाउन रुचाउने दीपाले सेलो आदुनिक लोक भाकाका गीतहरु पनि गाइ सकेकी छिन।
हालै सार्वजानिक गरिएको म्युजिक भिडियो नवीन बाबू गुरुङको निर्माण र छायाङ्कनमा रहेको छ गीतको भिडियोलाई अभि राईले सम्पादन गरेका हुन् भने मेकअपमा गायिका पासाङ डोमा शेर्पाले गरेकी छिन् ।
यो म्युजिक भिडियो महेन्द्र एण्ड दिपा च्यानलबाट सार्वजनिक गरिएको छ ।
म्युजिक भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस >> भिडियो





प्रतिक्रिया दिनुहोस