हेलम्बुका शिक्षकहरुलाई साउन २९ गतेभित्र स*म्पत्ति वि*वरण बुझा*उन निर्देशन विज्ञप्ती
659 Views
सिन्धुपाल्चोक, खाेज मिडिया ११ साउन । हेलम्बु गाउँपालिकाले पालिकाभित्रका शिक्षकहरुलाई साउन २९ गतेभित्र सम्प*त्ति वि*वरण बुझाउन निर्देशन दिएको जानकारी दिएका छन् ।

गाउँपालिकाका शिक्षा अधिकृत प्रकाश दत्त भट्टले सूचना जारी गर्दै गाउँपालिका भित्र कार्यरत स्थायी राहत/ करार/ बाल विकास शिक्षक/ विद्यालय कर्मचारीले आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण विद्यालयले एकमुष्ट गरी साउन २९ गतेसम्म गाउँपालिकाको शिक्षा/ युवा तथा खेलकुद शाखामा बुझाउन निर्देशन दिएका छन् ।
गाउँपालिकाले जारी सू*चनामा राष्ट्रिय किताबखानाको असार १८ गतेको पत्रानुसार तथा भ्रष्टा*चार निवा*रण ऐन २०५९ को दफा ५० को उपदफा (१) साथै अख्ति*यार दु*रु*पयोग अनुसन्धान ऐन २०४८ को दफा ३१ (क) बमोजिम प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्या*वधिक सम्पत्ति विवरण पेश गर्नुपर्ने कानुनी प्रावधान अनुसार निर्देशन दिइएको उल्लेख गरिएकाे जानकारी प्राप्त भएकाे छ ।





प्रतिक्रिया दिनुहोस