गण्डकी प्रदेशको राजधानी पाेखरामा पहिलाे आकाशे पुल सम्पन्न लगत्तै नेपाली पर्यटककाे घुँईचाे
536 Views
पोखरा, खाेज मिडिया ११ साउन । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने पाेखराकाे पहिलाे आकाशे पुल दाेर्साे लक*डाउन खुले लगत्तै सञ्चालनमा आएको छ ।
बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापलाई दृष्ट्रिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुलकाे निर्माण सम्पन्न गरिएको छ ।
पाेखरा कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य स्वर्गीय पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत रु ५० लाख विनियोजन गरेसँगै पाेखराकाे मुख्य स्थल सृजनाचोकमा आकाशे पुल निर्माणकार्य शुचारु गरिएको हाे ।
इञ्जिनीयर रेग्मीका अनुसार एक ठाउँबाट आकाशे पुलमा चढेपछि चाैतर्फबाट ओर्लन मिल्ने गरि आकासे पुलका लागि जमीनमुनि सिमेन्ट र जमीनमाथिका सबै संरचना निर्माणमा स्टिल प्रयोग गरिएको छ ।
महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणको लागि केएम जेबिएनएस पोखरा जेबीसँग सम्झौता भएको उक्त पुलको निर्माणकार्य २०७७ साउनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो तर विश्वव्यापी रुपमा फैलिएको को*रोना भा*इरस स*ङ्क्र*मणका कारण निर्माणकार्य ढि*ला भई एक वर्षपछि सम्पन्न भएको छ ।
महानगरपालिकाको रु दुई क*रोड १५ लाखको लागतमा स्टिल ट्रस पेडे*स्ट्रेन ओ*भरहे*ड ब्रि*ज निर्माण सम्पन्न गराई सञ्चालनमा आएको इञ्जिनीयर राजु रेग्मीले जानकारी दिएका
छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको उक्त आकाशे पुल पहिलो भएको जनाकारी दिदै उनले भने! (पुलको रङरोगन र सिसाको छानो राख्नेबाहेक सम्पूर्ण निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको छ ।) पोखरा-८ का वडाध्यक्ष रुद्रनाथ बरालका अनुसार सबैको चासो र चर्चामा रहेको उक्त आकाशे पुलमा दिनभरी पैदलयात्रु एवं साँझपख सर्वसाधारणको घुइँचो नै लाग्ने गरेको देखिन्छ ।
पोखरा,बगलुङ सडकको प्रवेश*द्वारका रुपमा रहेको उक्त आकाशे पुलमा वि*शेष गरी साँ*झपख दृष्याव*लोकन एवं सेल्फि खिच्नेको भि*ड देखिने गरेको उनले बताएका छन् ।
ट्राफिक प्रह*री कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक अम्रित बस्नेतका अनुसार पोखराका मुख्यचोकमा आकाशे पुल निर्माणले सवारी दु*र्घट*नामा केही हदसम्म भए पनि कमी हुने वि*श्वास व्यक्त गरेका छन् ।
साे आकाशे पुलमा यतिखेर नेपालकै पर्यटकहरु मुख्य बजारका चोकमा दिना*नुदिन जनसङ्ख्यासँगै सवारीसाधनको चापका कारण व्यस्त पृथ्वीचोक/ महेन्द्रपुल/ विरौटाचोक/ राष्ट्बैंकचोक/ अमरसिहंचोक/सभागृहचोक लगायतका विभिन्न स्थल हरुमा आकाशे पुल निर्माण गर्नुपर्ने आव*श्य*कता रहेकाे मह*सुस गर्न थालिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस