निषेधाज्ञा खुकुलाे भए लगतै तिन पटक फलामजन्य सामाग्रीकाे मुल्य तलमाथि
478 Views
काठमाडौं , खाेज मिडिया ११ साउन । फलाम तथा स्टिलजन्य निर्माण सामग्रीको मूल्य हरेक हप्ता घट्ने–बढ्ने भइरहेको छ । बजारमा सामान्य ब्रा८न्डका छड प्रतिकिलो एक सयदेखि एक सय दस रूपैयाँ छ । हिमाल र पञ्चकन्याका भने निर्माणस्थलसम्म पुर्याउँदा किलोको एक सय पच्चीस पर्छ।
कट्टेल इन्टरप्राइजेज/ टोखाका सञ्चालक गोपाल कट्टेल पनि निषे*धाज्ञा खुकुलो भएपछि तीन पटक मूल्य तल*माथि भएको बताउँछन् । उनका अनुसार साउनको पहिलो साता केही सस्तिएको डन्डी दोश्रो साता फेरि महँ*गियाे । भाउ बढाउने जानकारी सहित डिलरहरूले अर्डर लिन सुरू गरिसकेका छन् ।
*गत मंगलबारको जानकारी अनुसार डिलरहरूले मूल्य बढाउने सूचना दिएर अर्डर टिपेका छन् । अब सामान झार्दा बढी मूल्य तिर्नुपर्छ ।* उनले भने! महासंघका अध्यक्ष कटुवाल भने व्यवसायी र डिलरको मिलेमतोमा लगातार मूल्य वृद्धि भएको र सरकारले अनुगमन न*गरेको आरोप लगाएका छन् ।
लगातार दुई वर्ष लकडाउन झेलेका व्यापारीले मूल्य बढाएर चाँडो नाफा कमाउने बाटो रोजेको उनको भनाइ छ । उनले भने! *फलाम र स्टिलको कारोबार ठूला भनिने व्यापारीको नियन्त्र*णमा भयो। सरकारले पनि केही गर्न सकेन।*
चौतर्फी विरोध भइहालेमा थोरै रकम घटाउने र फेरि धेरै बढाउने बताउँदै उनले थपे ! *मूल्य बढाउँदा दस रूपैयाँ बढाउँछन् । घटाउँदा पाँच रूपैयाँ । भन्सार शुल्क यथावत रहँदा र माग नबढेको अवस्थामा हरेक हप्ता मूल्य बढाउनु पर्ने कारण छैन ।*
एक हजार वर्गफिटमा बन्ने चार कोठे घर बनाउँदा डन्डीमा कति खर्च हुन्छ ? छड ८* १०* १२* २० मिमि लगायत आकारमा उपलब्ध हुन्छ । घर बनाउने जमिन र संरचनाका आधारमा इञ्जिनियरले सुझाएअनुसार विभिन्न आकारका छड प्रयोग गरिन्छ ।
संरचनाको पिलर * भित्रका पर्खाल आदिले डन्डीको लागत निर्धारण हुन्छ। एक तले घरको कुरा गर्दा जग कम्तीमा पाँच फिट गहि*रो र बाह्र वटा पिलर हुनुपर्ने बिल्ड इनोभेसनका इञ्जिनियर सुवास अधिकारी बताउँछन् ।
*पाँच फिट गहिरो जगबाट पिलर उठाउँदा प्रति पिलर एक सय पच्चीस किलोभन्दा बढी डन्डी लाग्छ ।* उनले भने!*बाह्र वटा पिलरमा एक हजार पाँच सय किलोभन्दा बढी डन्डी अनुमान गर्नुपर्छ ।*
यसबाहेक जगसँगै राखिने बिम/ रिङ वा चुरी लगायतमा विभिन्न आकारका छ सय बीस किलोभन्दा बढी छड प्रयोग हुन्छ । त्यस्तै पहिलो तलामा हुने तीन किसिमका बिमका लागि छ सय बीस केजी/ झ्यालमा तल र माथि डन्डी र हुकमा तीन सय केजी र भर्याङमा नब्बे केजी/ डन्डी अनुमान गर्नुपर्ने अधिकारीले जानकारी दिए ।
*माथिका सबै र छतमा लाग्ने डन्डी सहित एक तले घर बनाउन पाँचदेखि छ हजारकिलो डन्डी अनुमान गर्नुपर्छ । उनले भने!*पहिलो तलाको तुलनामा दोश्रो/ तेश्रो तलामा कम लाग्छ । आठ मिमी र योभन्दा कम आकारको डन्डी सामान्यतया पाँच रूपैयाँसम्म महँगो हुने अधिकारीले बताए का छन् । त्यस्तै २५ मिमीभन्दा मोटो डन्डीको मूल्य पनि बढी हुन्छ ।
माथिको अनुपातलाई हालको मूल्यसँग तुलना गर्दा एक हजार वर्गफिट बराबर क्षेत्रफलमा बन्ने चार कोठे घरमा करिब साढे पाँच लाखदेखि साढे छ लाख रूपैयाँसम्म डन्डीमा खर्च हुन्छ । यहाँ हिमाल र पञ्चकन्याका डन्डी प्रयोग गर्ने हो भने एक लाख पचास हजार बढी लाग्न सक्छ ।
(आवासीय घर बनाउँदा छडको सही छनोट कसरी गर्ने?)
प्रतिस्पर्धी बजारमा सबै कम्पनीले आफू अब्बल रहेको दावी गरिरहेका हुन्छन्। धेरै उपभोक्तालाई भने घरमा कस्तो छड प्रयोग गर्ने भन्ने अलमल हुन्छ । इञ्जिनियर सुवास अधिकारीका अनुसार छड किन्ने बेलामा ध्यान दिनुपर्ने मुख्य कुरा ग्रेड र गुणस्तर हो ।
साधारणतया छडको ग्रेड जति बढी भयो। त्यति नै बलियो मानिन्छ । आवासीय घर निर्माणमा एफइ ५०० र एफइ ४१५ ग्रेडका छड धेरै प्रयोग हुन्छ। छडको ग्रेड/ भार*वहन क्षेम*ताका साथै लचकताबारे उत्तिकै सचेत हुनुपर्छ।
*ग्रेडले छडको बलियोपन बुझाउँछ। उच्च ग्रेडका छड भए थोरै परिमाणले काम चल्छ र बलियो पनि हुन्छ ?* अधिकारीले भने! *लचकता बढी भएको छडले घर भू*कम्प प्रतिरोधी बनाउन सहयोग गर्छ।* ध्यान दिनुपर्ने अर्को कुरा छडको गुणस्तर हो।
निर्माण कम्पनीले बजारमा पठाएको छडको प्रयोगशाला परीक्षण गरेको हुनुपर्छ। उपभोक्ताले माग गरेको अवस्थामा कम्पनी वा आधिकारिक डिलरले उक्त रिपोर्ट देखाउनुपर्छ ।
त्यस्तै नापतौल तथा गुणस्तर विभागले छडको गुणस्तर मापन गरेर एनएस चिह्न प्रदान गरेको हुन्छ । छडमा तोकिएको मापदण्ड पूरा नभए उत्पादन निषेध गरिने नियम भएको अधिकारीले जानकारी दिएका छन् ।
*छड धेरै किन्दा होस् वा थोरै/ प्रयोगशालाको पछिल्लो रिपोर्ट र गुणस्तर चिह्न हेर्न बिर्सिनु हुँदैन ।*उनले भने!*कम्पनी वा आधिकारिक विक्रेताले रिपोर्ट दिन मानेनन् भने आफैंले पनि गुणस्तर जाँच गराउन सक्छौं ।*
घर डिजाइन गर्ने कम्पनीले प्रयोगशाला परीक्षण गर्ने र सरकारी तहमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा छडको गुणस्तर जाँच हुने उनले जानकारी दिए। सानो होस् वा ठूलो निर्माणका लागि, नबिर्सिकन त्यो छड गुणस्तर चिह्न प्राप्त हो कि होइन यकिन गर्नुपर्छ ।
*कहिलेकाहीँ नाम चलेका कम्पनीबाटै गडबढी भएको हुन्छ। यो कुरामा ध्यान दिनुपर्छ ।* उनले भने ! (कवाडी फलाम पगालेर बनाएको डन्डी पर्यो भने निर्माण कमजोर हुन्छ । कम गुणस्तरका डन्डी कम मूल्यमा पाइने पनि हुन्छ । सस्तोमा पाइयो भन्दैमा किन्नु जोखिमपूर्ण हुन्छ।)
अहिले बजारमा (थर्मो मेकानिकल ट्रिटमेन्ट) प्रक्रियाद्वारा उत्पादित छड चल्तीमा छ । यसलाई सामान्य भाषामा टिएमटी छड भनिन्छ । व्यापारिक तथा आवासीय भवनमा टिएमटी छड नै प्रयोग भइरहेको अधिकारीले जानकारी दिए ।
यस वर्ष कोरो*ना लहर र निषे*धाज्ञाअघि डन्डी प्रतिकिलो पचहत्तरदेखि असी रूपैयाँ बीच कारोबार भएको थियो। निषेधाज्ञा खुकुलो भएसँगै किलोमा बीसदेखि पैंतीस रूपैयाँ बढेको छ । अहिले निर्माणस्थल पुर्याउँदा छड प्रतिकिलो एक सय दस रूपैयाँसम्म लाग्ने व्यवसायीहरूले बताएका छन्।
नि*षेधा*ज्ञा खुकुलो भएपछि फलामजन्य सामग्रीको भाउ तीन पटक तलमाथि भइसक्यो । ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले स्टिल सामग्रीमा पनि हरेक हप्ता मूल्य परिवर्तन भएको बताए।
*निषेधाज्ञाअघि एक बन्डल जस्तापाताको बढीमा नौ हजार थियो । डन्डी पचहत्तर*असी रूपैयाँ प्रतिकिलो उनले भने!अहिले जस्तामा पाँच हजार र डन्डीमा बीस–पच्चीस रूपैयाँ बढेको छ । बजारमा सामान्य ब्रान्डका छड प्रतिकिलो एक सयदेखि एक सय दस रूपैयाँ छ। हिमाल र पञ्चकन्याका भने निर्माणस्थलसम्म पुर्याउँदा किलोको एक सय पच्चीस पर्छ।
कट्टेल इन्टरप्राइजेज टोखाका सञ्चालक गोपाल कट्टेल पनि निषेधाज्ञा खुकुलो भएपछि तीन पटक मूल्य तलमाथि भएको बताउँछन् । उनका अनुसार साउनको पहिलो साता केही सस्तिएको डन्डी दोश्रो साता फेरि महँगिएको छ । भाउ बढाउने जानकारी सहित डिलरहरूले अर्डर लिन सुरू गरिसके।
*गत मंगलबारको जानकारी अनुसार डिलरहरूले मूल्य बढाउने सूचना दिएर अर्डर टिपेका छन्। अब सामान झार्दा बढी मूल्य तिर्नुपर्छ ।* उनले भन!
महासंघका अध्यक्ष कटुवाल भने व्यवसायी र डिलरको मिलेमतोमा लगातार मूल्य वृद्धि भएको र सरकारले अनुगमन नगरेको आ*रोप पनि लगाएका छन् । लगातार दुई वर्ष लक*डाउन झेलेका व्यापारीले मूल्य बढाएर चाँडो नाफा कमाउने बाटो रोजेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस