गण्डकी प्रदेशमा पूर्णता नपाउदै अल्पमतको संकेत
919 Views
पोखरा,खोज मीडिया ८ साउन । प्रतिगमनकाबि*रुद्ध एकजुट भएर गठन भएर भनिएको वर्तमान गण्डकी प्रदेश सरकारले पू*र्णता नपाउदै अल्पमतमा पर्ने सं*केतहरु देखिन थालेको हो ।
सत्ता*रुढ द*लहरु बिचको कि*चलोका कारण किस्ता*बंदीमा सरकार बिस्तार गर्दै आएका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले आज मा*ओवादी केन्द्रका थप तीन जना सांसदलाई मन्त्री पदको सपथ खुवाउदैछन ।
उनीहरुले दिउँसो एक बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ लिने भएका छन् । तर आज हुन लागेको सपथ ग्र*हण कार्यक्रमलाई मौजुदा गण्डकी प्रदेश सरकारमा सहभागी पांच मध्ये दुई मन्त्रीले बहिष्कार गर्ने बताएका छन् ।
लिखित सहमति गरेर पनि मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले पटक-पटक बेइ*मानी गरेको भन्दै अस*न्तुष्ट बनेका उर्जा मंत्री हरिशरण आचार्य र आफुलाई उपयुक्त मन्त्रालय नदिएको भन्दै असन्तुष्टि जनाउदै आएका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङ उ*र्फ दीपक मनाङ्गेले आजको सपथ ग्रहण कार्यक्रम बहिस्ज्कार गर्ने समाचारस्रोतले जानकारी दिएको छ।
उर्जा खानेपानी तथा जलस्रोत मन्त्री हरिशरण आचार्यलेसंग कुराकानी गर्दै आजको सप*थग्र*हण कार्यक्रममा आफु सहभागी नहुने संकेत जनाए । उनले मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आफूहरुसंग पटक-पटक लिखित सह*मति गरेर पनि कार्यन्वन नगरेको गुनासो गरेका छन् ।
आज हुने मन्त्री परिषद बिस्तार बारेमा पनि आफूहरुसंग कुनै सरोकार नराखिएकोमा मन्त्री आचार्य ले आपत्ति जनाएका थिए । उनले थपे! (हामीसंग भएको लिखित सहमति कार्यन्वयन नगर्ने भएपछी त्यहाँ जानुको अर्थ के रह्यो र ?)
उर्जा मन्त्री आचार्यले सट्टा साझेदार दुई पार्टी नेपालि कांग्रेसलाई (बेइमान) र मा*ओबादी केन्द्रलाई (डाँका) को संज्ञा दिंदै भने! मुख्यमन्त्री पोख्रेलले लिखित सहमति बमोजिम हामीलाई दिने भनेको आर्थिक मामिला मन्त्रालय हामीलाई दिएनन । कांग्रेस र माओबादी झगडा गरे ।
अहिले नेपाली कांग्रेस आफैले राख्ने भनेको आ*र्थिक मामिला मन्त्रालय कांग्रेसले माओ*बादी केन्द्रलाई दिएको छ । मुख्यमन्त्री पोख्रेलले दोश्रो पटक लिखित सहमति गरेर हामीलाई दिने भनिएको कृषि मन्त्रालय पनि मा*ओबादी केन्द्रलाई दिइएको छ ।
अहिले आएर हामीलाई एउटा मन्त्रालयमा सिमित गर्न खोजिएको छ । त्यसैले हाम्रो लागि कांग्रेस बेइमान हो र माओबादी केन्द्र (डाँका) हो। मन्त्री आचार्यले आफूहरुका कारण सरकार गिरेमा दो*ष नलगाउन भन्दै त्यसको जिम्मेवारी कांग्रेस र माओबादी केन्द्रले लिनुपर्ने बताएका छन् ।
सरकार गठन प्रति अस*न्तुस्ट माननीय मन्त्री राजिब गुरुङ र आफ्नो पार्टीको सासंद धनमाया लामा तीनै जना एकै ठाउँमा रहेको जानकारी गराउदै आफुहरुलाई पेल्दै लगिएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बारे पार्टीमा छलफल चलाईने उनले जानकारी दिए ।
अद्यापि तत्काल आफुहरुले सरकार नछाड्ने संकेत उनले दिए। उनले २-४ दिन हेरिने र त्यति समयसम्म पनि सरकारले नसोचेमा सरकार छाड्ने बारेमा पार्टीमा छलफल गरिने उनले स्पस्ट पारेका छन् । यता सपथ ग्रहण कार्यक्रममा सहभागी हुने बारे जिज्ञासा राख् खोज्दा युवा तथा खेलकुद मंत्री राजिब गुरुङ उर्फ दीपक मनाङ्गेको मोबाइल स्विच अफ रहेको जानकारी दिए ।
मन्त्री आचार्यले भने मंत्री गुरुङले पनि स*पथ ग्रहण बहिष्कार गर्न सक्ने संकेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस