अहिले पनि तुइनमा झुण्डिएर तर्नुपर्ने महाकालीकाे डर लाग्दाे अवस्था
398 Views
काठमाडौं, खाेज मिडिया ७ साउन । दार्चुलाका बासिन्दा यतिबेला तुईनबाट महाकाली नदि पार गरिरहेकाछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा तुइन वि*स्थापन गर्ने निर्णय भएको थियो ।
त्यसअनुसार धेरै जिल्लाका न*दी तथा खो*लाहरूमा रहेका तुइन वि*स्थापन पनि गरिए । ओली दोस्रोपटक प्रधानमन्त्री भएर पनि बाहिरिसकेका छन् ।
तर दुई वर्षभित्र देशभरका तुइन विस्थापन गरी झोलुंगे पुल राख्ने योजना भने केही ठाउँमा अलपत्र नै छ । २०७२/०७३ को बजेटमा तुइन विस्था*पन गर्ने कार्यक्रम नै राखिएको थियो ।
अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री बदलिए पनि दार्चुलाका जनताका दु*ख हटे*का छैनन् ।
उनीहरू तुइनबाटै महाकाली नदी तर्नुपर्ने बाध्यता छ । दार्चुलाका उत्तरी भेगका बासिन्दा तुइनबाटै महाकाली नदी पार गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस