निषेधाज्ञा खुकु्लो भएसँगै काठमाडौं उपत्यकामा को*रोना सं*क्रमण दिनप्रतिदिन बढ्दै
566 Views
काठमाडौं, ७ साउन, खोज मिडिया । केही दिनयता काठमाडौं उपत्यकामा को*रोना सं*क्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलेऔँल्याएको छ।
एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिनदेखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा सं*क्रमित भइरहेका छन्। बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा को*रोना पुष्टि भएको छ। निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संं*क्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। उनले साउनदेखि यता सं*क्रमित संख्या दैनिक रूपमा वृद्धि हुँदै गएको प्रवक्ता अधिकारीको भनाइ छ।
बुधबार दैनिक प्रेस ब्रिफिङका क्रममा अहिले सं*क्रमण पुष्टि भएकाभन्दा बढी समुदायमा हुनसक्ने बताए। लक्षण नभएका, परीक्षण गर्न नगएकासहित अहिले देखिएको तथ्यांकभन्दा बढी समुदायमा हुन सक्ने उनको आंकलन छ। एकातिर हामीले जनस्वास्थ्यको मापदण्ड उल्लंग्न गर्दै गइरहेका छौं, अर्कोतिर लक्षण नभएका सं*क्रमित परीक्षण गर्न जाने क्रम पनि कम छ, उनले भने। लक्षणविहीनबाटै यो सं*क्रमण थप फैलिने जोखिम भएकोले शंकास्पद व्यक्ति परीक्षणको लागि जान उनको सुझाव छ। मन्त्रालयका अनुसार दैनिक परीक्षण गर्न जानेमध्येमा सं*क्रमित हुने दर करिब २५ प्रतिशतको हाराहारीमा रहेकोले यो सं*क्रमणमदर ठूलो संख्या रहेको अधिकारीले बताए।
उपत्यकामा सं*क्रमण बढेपछि अस्पतालमा बिरामी भर्ना हुने दर बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा. अनुप बाँस्तोलाले बताए। बाँस्तोलाका अनुसार यो अस्पतालमा दैनिक १५ देखि २० जना लक्षणसहितका बिरामी अस्पताल पुगेका छन्। यो समाचार नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस