लमजुङमा क*रेन्ट लागेर सात वर्षीया बालिकाको मृ*त्यु
494 Views
लमजुङ, खाेज मिडिया ६ साउन । लमजुङमा क*रेन्ट लागेर सात वर्षीया बालिकाको मृ*त्यु भएको छ ।
राईनास नगरपालिका वडा नं.७ सालफेदीमा टेलिभिजन हेर्न भनी सोमबार विहान ७ बजेतिर सेट्रोल बक्स छुन पुग्दा करेन्ट लागेपछि उपचारका क्रममा अस्प*तालमा लैजाँदा सृष्टि पाण्डेको मृ*त्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।
क*रेण्ट लागेर भुइँमा ढलेकी सृष्टिलाई उपचारका क्रममा गरमबेंसीस्थित सहोदर अस्पतालमा लैजाँदा विहान साढे ८ बजे मृ*त्यु भएको थियो । अस्पताल पुर्याएकी सृष्टिको बाटोमा नै मृ*त्यु भईसकेको भन्दै अस्पतालका डाक्टरले मृ*त घो*षणा गरेका थिए ।
धमिलिकुवास्थित शैलपुत्री माध्यमिक विद्यालय कक्षा २ मा पढ्ने सृष्टिको शव बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा पोस्टमार्टम गरी परिवारलाई बुझाईएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले टिभी हेर्ने भनेर बक्स छुन पुग्दा नांगो तारमा बालिकाले छुन पुगेपछि सो दुर्घ*टना भएको र घ*टनाबारे स्वयं घट*नास्थलमा उपस्थित भएर अनुसन्धान गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस