अखिल (क्रान्तिकारी) कास्कीद्वारा वि*रोध प्रदर्शन (बढ्दो कालोबजारी/ भ्रष्टाचार र अधिक मूल्यवृद्धिको विरोध)
466 Views
पाेखरा, खाेज मिडिया ६ साउन । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल *क्रान्तिकारी* कास्कीले बढ्दो महँगी र का*लोबजारीको विरु*द्ध वि*रोध प्रदर्शन गरेको छ ।
बढ्दो कालोबजारी र भ्रष्टाचारको अन्त्य नगरी अहिलेको सरकारले अधिक मू*ल्यवृ*द्धि गरेको भन्दै पोखराको मानवअधिकार चोकदेखि प्लेकार्ड प्रदर्शन गर्दै र्यालीको आयोजना गरिएको थियो ।
बढ्दो मह*ङ्गी नियन्त्रण गर/ पेट्रो*लियम पदार्थ/ ग्याँस लगायतमा गरिएको मूल्य*वृद्धि खा*रेज गर/ कालोबजारीलाई का*र*वाही गर/ गुणस्तरीय खाद्यान्न आपूर्ति गर/ विप*न्नलाई सहुलियत कार्डको व्यवस्था गर/ लिपुलेक लिम्पियाधुरा र कालापानीसहितको नक्सा लागू गर/ अभिभावकमाथि प्रकाशनले थुपारेको पुस्तक भार बन्द गर/ विद्यालयस्तरमा राज्यले तोकेको १०% छात्रवृत्ति लागू गर जस्ता नारा लेखिएका दर्जनौं प्लेकार्डसहित र्याली महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा अखिल *क्रान्तिकारी*का केन्द्रीय सदस्य अटल/नेकपा कास्की जिल्ला सदस्य काजी गुरुङ र अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष पुरन पुनले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस