चर्चित गायक वैरागी मोक्तानको “भेलबाढी, पहिरो आयो रे” बोलको गीत सार्वजनिक
1890 Views
रोमन लामा
रामेछाप ०६ साउन खोज मिडिया। गत असार १ गतेको अविरल बर्षाको कारण सिन्धुपाल्चोकको मेलम्चीमा ठूलो बाढी पहिरो गएको थियो। सो बाढी पहिरोको कारण करौडौँ धन र सयौं घरपरिवार विस्थापित हुन पुग्यो । बाढी पहिरो गएसंगै सिन्धुपाल्चोकका प्रतिनिधि सभा सांसद समेत रहेका सभामुख अग्नि सापकोटा र शेर बहादुर तामाङले हेलिकप्टर मार्फत पुगेर स्थलगत निरीक्षण गरे । दुबैजना सांसदले आ-आफ्नो पहलमा सरकारको तर्फबाट राहत दिलाउने आश्वासन पनि दिए ।
बाढी पहिरोबाट प्रभावित घरपरिवारलाई सरकारले मात्रै नभएर विभिन्न व्यक्ति,संघ संस्था र कलाकारहरुले सहयोग जुटाएर राहत सामाग्री पनि वितरण गरियो । उक्त सत्य घटनामै आधारित रहेर वैदेशिक रोजगारीको सिलसिलामा रहेका व्यक्तिले आफ्नो गाउँघर बगाएको, आफन्त बेपत्ता भएको र घरबार विहिन भएर बसेकाहरुलाई समर्पित गरेर तामाङ मौलिक डम्फु सेलो गायक तथा संगीतकार वैरागी मोक्तानले बजारमा नयाँ गीत सार्वजनिक गरेका छन् ।
मोक्तानले नेपाल अन्जान क्रियसनको अफिसियल युट्युब च्यानलबाट मंगलबार “भेलबाढी , पहिलो आयो रे” बोलको नयाँ गीत सार्वजनिक गरेका हुन् । सर्गम स्टुडियोमा अर्पन लामाले रेकर्ड गरेको उक्त गीत रामकृष्ण लो ले लेखेका हुन् भने गायक मोक्तान आफैंले संगीत भरेका छन् । भिडियोमा मेलम्चीमा गएको बाढिपहिरो र नेपाल तामाङ कलाकार संघले गरेको राहत वितरणलाई पनि देखाइएको छ ।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्।
प्रतिक्रिया दिनुहोस