डिभिजन वन कार्यालय लहानमा तोडफोड, तोडफोडमा संलग्नलाई कडा कारबाहिको मांग
602 Views
शम्भु चौधरी सिरहा ५ साउन । डिभिजन वन कार्यालय लहान सिरहामा गत साउन १ गते भएको तोडफोडको घटना बाहिरिएको छ । डिभिजन वन कार्यालय लहानका प्रमुख शुभाषचन्द्र दासले पत्रकार सम्मेलन गरी सो कुरा बताएको हो ।
आर्थिक बर्ष २०७७÷०७८ मा कार्यालयद्वारा फलफुलको बिरुवा खरीद बिषयलाई लिएर केहि ब्यक्तिले अराजक गतिबिधी गरी कर्यालयमा तोडफोडको घटना गरेको बताए ।
उनले भने, ‘फलफुलको बिरुवा खरिद गर्न गत आ।ब।मा संघिय सरकारको अनुदान स्वरुप यस कार्यालयका लागि ५० लाख रुपौयाँ बजेट बिनियोजन गरिएको थियो ।,
कार्यालयले आह्वान गरेको खुल्ला टेन्डरमा जिल्ला र जिल्ला बाहिरका १२ वटा नर्सरीहरुले आबेदन दिएका थिए । आबेदन दिएका मध्ये मुल्यांकन समितिको निर्णय अनुसार कम दररेट ९२५ लाख ७५ हजार रुपैयाँ० कबुल गर्ने लहान १९ मा रहेको चतुर्भुज नर्सरीको दरभाउपत्र स्वीकृत भएको थियो । उक्त नर्सरीलाई सम्झौता गर्न लागि कार्यालयबाट पत्र पठाएपनी निर्धारीत समयमा सम्झौता गर्न नआएपछी बैकल्पिकको रुपमा रहेको दोस्रो कम दररेट ९३९ लाख ५० हजार रुपैयाँ० कबुल गरेका रौतहट जिल्लाको दिलिप नर्सरी वागवानी फर्म कटहरिया नगरपालिका ३ बिर्तीलाई सम्झौता गर्न लिखित र मौखिक रुपमा पटक पटक कार्यालयबाट चिट्ठी पठाए ।,
उनले भने,
सम्झौता गर्न नआउने र आफुमाथि विभिन्न भ्रष्टाचारको झुठा आरोप लगाएर गुण्डा परिचालन गरी कार्यालय तोडफोड गर्नु र कर्मचारीलाई कुटपिट गर्नमा रौतहट जिल्लाको दिलिप नर्सरी संचालकको भुमिका हुनसक्ने प्रमुखको आरोप छ । कार्यालयले दिलिप नर्सरीबाट कोटेशन मार्फत बिरुवा खरिद नगरेको निहुँमा उक्त नर्सरीका संचालकले जिल्लाबासीको सहयोगमा विभिन्न झुठो आरोपहरु लगाई कार्यालयमा तोडफोडको घटना घटाएको प्रमुख दासको भनाई छ ।
साउन १ गते भएको घटनाको मुख्य योजनाकारको रुपमा सिरहा जिल्ला गोलबजार नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष देब नारायण महतो , सोही नपा वडा नम्बर ९ बस्ने लक्ष्मण यादव र सुनिल यादवको समेत संलग्नता रहेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । घटना घटाएको दिन योजनाकार सहित समुहमा आएका करिब ३०–४० जनाले फलफूलको बिरुवा खरिदको बिषयमा कार्यालयको कर्मचारीलाई सोधपुछ गरेको जनाईएको छ ।
कार्यालयका कर्मचारीहरुले निवेदन दिनुस् हामी सूचना दिन तयार छौ भन्दा भन्दै पनि आक्रोशीत उनिहरुले ढुङ्गामुढा गरी कार्यालयको झ्यालको सिसा, सुझाव पेटिका लगायतको भौतिक संरचना तोडफोड गरेको बताए ।
सुरक्षामा खटिएका सुरक्षाकर्मी लगायत ५ जना कार्यालयका कर्मचारीलाई कुटपिट गरेर घाईते बनाईएको बिज्ञप्तीमा उल्लेख छ । यसरी सार्वजनिक कार्यालयमा दिनदहाडै अमानवीय तवरले घटना घटाउनु कानुनी अपराध भएकोले कानुनी कार्बाहीको प्रक्रिया अगाडी बढाउन सम्बन्धित सरोकारबाला निकायलाई प्रमुख दासले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस