माधव नेपालले जित्दा एमाले पार्टीले हार्ने बताउँदै सँगै हिड्न नसकिने स्पष्ट
615 Views

काठमाडौं, ५ साउन, खोज मिडिया । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले एमाले कार्यकर्ताले व्यक्ति वा पार्टीमध्ये एक रोज्ने बेला आएको बताएका छन् ।
अब एमाले र माधव नेपाल सँगै हिँड्न नसक्ने अवस्थामा पुगेकाले कार्यकर्ताले माधव नेपाल वा पार्टी रोज्ने बेला भएको उनको भनाइ छ । अध्यक्ष केपी ओली निकट नेता बास्कोटाले माधव नेपालले जित्दा एमाले पार्टीले हार्ने बताउँदै सँगै हिड्न नसकिने स्पष्ट पारेका हुन् ।शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि माधव नेपालसहित २२ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधेलगत्तै बास्कोटाले देशभरका कार्यकर्तालाई एमाले वा माधव नेपालमध्ये एक रोज्न आग्रह गरेका हुन् ।
बास्कोटाले भनेका छन्, अब एमाले र माधव नेपाललाई न त सँगै हिँडाउन सकिन्छ न त जिताउन नै । माधव जित्दा एमाले नै हार्छ तर एमाले जित्दा माधव मात्र हार्छन् । तसर्थ देशभरका एमालेजनले विनाअलमल व्यक्ति वा पार्टी मध्ये एक रोज्न पर्छ । अर्को विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस