माधव नेपललाई उपेन्द्र यादव र प्रचण्डले भेट्नुकाे कारण यस्ताे
472 Views
काठमाडौं, खाेज मिडिया ५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटेर कुराकानी गरेका छन् ।
आज बिहान नेता नेपाल निवास कोटेश्वर पुगेर प्रचण्ड र यादवले नेपालसँग कुराकानी गरेका हुन् । उनीहरूबीच करिब एक घन्टा कुराकानी भएको थियो।
समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतको दाबी छ। अब केही दिनभित्र मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत* लिएपछि अब मन्त्रिपरिषद बिस्तार गर्न लागिएको हो।
प्रतिक्रिया दिनुहोस