सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट
330 Views
सुर्खेत,खोज मिडिया ५ साउन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अ*वैध घरेलु म*दिरा न*ष्ट गरेको छ ।
सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी म*दिरा तथा म*दिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरा*मद गरी न*ष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्चा पदार्थ न*स्ट गरिएको बताउनुभयो । सामाजिक अप*राधका अधिकांश घ*टना मदिराका कारण घ*ट्ने भएकाले त्यसको निय*न्त्रण तथा निरा*करण गर्ने लक्ष्यका साथ चा*लु आवको प्रारम्भदेखि अभि*यान थालिएको उहाँको भनाइ छ ।
त्यस्तै सुर्खेत प्रहरीले ज*बर्जस्ती करणी मु*द्दाका चार वर्षदेखि फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका ३७ वर्षीय मदन विकलाई सोमबार पक्राउ गरेको छ ।
प्र*हरीका अनुसार विकलाई जिल्ला अदालत सुर्खेतले विसं २०७४ कात्तिक २८ गते जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैदको फैसला आदेश गरेको थियो ।
अदालतको फै*सला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत पक्राउ परेका फरार प्रति*वादी विकलाई अदालतसमक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस