कास्कीमा साउन २० गतेसम्म निषेधाज्ञा जारि जोरबिजोर हट्यो लामो दुरीको सवारी सञ्चालन
1014 Views
पाेखरा, खाेज मिडिया ४ साउन । कास्कीमा साउन २० गते राति १२ बजेसम्मका लागि नि*षेधाज्ञा थप गरिएको छ ।
कास्की प्रशासनले को*भिड १९ को संक्रम*णदर र मृ*त्युदरमा केहि कमि आएको भएतापनि स्थिति अपे*क्षाकृत निय*न्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषे*धाज्ञाको अवधि साउन २० गतेसम्म थप गरेको हो ।
असार ५ गते राति १२ बजेबाट लागु हुने गरी थप गरिएको निषेधाज्ञामा कास्की जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको छ ।
लामो दुरीका सवारी साधन सम्बन्धित संघ सस्थाको शिफारि*शको आधारमा जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरि संचालन गर्न पाइनेछ ।
प्रतिक्रिया दिनुहोस