विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको उपचारमा संक*लन भएको रकम तथा खर्च विवरण सार्व*जनिक
1058 Views
काठमाडौँ, खाेज मिडिया २ साउन । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको उपचारका लागि संकलन भएको रकम र खर्चको विवरण सार्व**जनिक गरिएको छ । विवेकशील साझा पार्टीका संयो*जक मिलन पाण्डेले संकलित रकम र खर्च विवरण सार्वजनिक गरेका हुन् ।
पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत खर्च विवरण सार्वजनिक गर्दै थापाको उपचारका लागि कुल २ हजार ८ सय व्यक्तिले रकम सहयोग गरेको जनाएका छन् ।
जसमा सबैभन्दा कम सहयोग १० रुपैयाँ र बढी १ लाख १० हजार ३४५ रुपैयाँ एकै व्यक्तिबाट प्राप्त भएको छ । थापाको उपचारका लागि सुभेच्छुकहरुबाट कुल ६७ लाख ८३ हजार ४८५ रुपैयाँ ३४ पैसा सहयोग संकलन भएको छ ।
जसमध्ये थापाको उपचारमा २५ लाख ३१ हजार २८३ रुपैयाँ ६२ पैसा खर्च भएको सार्वजनिक विवरणमा उल्लेख छ ।थापाको उपचारपछि बाँकी रहेको रकम ४२ लाख ५२ हजार २०१ रुपैयाँ ७२ पैसा विभिन्न परोपकारी संस्थाहरुलाई प्रदान गरिएको सार्व*जनिक विव*रणमा उल्लेख छ ।
बाँकी रहेको रकम दाताहरूलाई फिर्ता गर्न व्यवस्थापनको दृष्टिकोणले असम्भवप्राय देखिएकाले आपसी सल्लाहमा को-भि*ड महामारीमा काम गरिरहेका संस्थाहरुलाई सहयोग गरिएको पाण्डेले बताएका छन् ।
सहयोग पाउने संस्थाहरुमा भोरे नेपाल/ सर्लाही २ लाख ५० हजार/ हार्टबिट/ काठमाडौँ २ लाख/ मधेश ह्युमन राइट्स होम/ कपिलवस्तु २ लाख २ हजार २०१ रुपैयाँ ७२ पैसा/ नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन/ काठमाडौँ ५ लाख रहेका छन् ।
यस्तै? राष्ट्रिय आविष्कार केन्द्र/ काठमाडौँले १५ लाख/ ओडा फाउन्डेसन/ कालिकोटले १० लाख र सानो पाइला/ वीरगन्जले ६ लाख रुपैयाँ पाएका छन् । ४४ वर्षीय थापाको उपचारका क्रममा मेडिसिटी अस्पतालमा गत जेठ १८ गते नि*धन भएको थियो ।
प्रतिक्रिया दिनुहोस