प्रधानमन्त्री देउवाको कार्यकाल देश सकरात्मक तर्फ जाने बारे उनकै ज्योतिष सुरेशचन्द्रले गरे यस्तो भवि*ष्यवाणी
486 Views
काठमाडौं, खाेज मिडिया ३१ असार । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग नाम जोडिएर बेलाबेलामा चर्चामा आउने ज्योतिषी हुन् सुरेशचन्द्र रिजाल ।
रिजालले गरेको भविष्यवाणीका आधारमा नेपाली कांग्रेसका सभापति देउवाले २०७४ साल कात्तिक ३० मा भनेका थिए । ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छु भन्या छ मलाई । ज्योतिषी रिजालले फागुनमा भनेका थिए। चार महिना देउवा प्रधानमन्त्री बन्ने योग छैन । नभन्दै चार महिना कटेपछि मंगलबार देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । ज्योतिषी सुरेशचन्द्र रिजालले फागुनमा भनेका थिए। चार महिना देउवा प्रधानमन्त्री बन्ने योग छैन । नभन्दै चार महिना कटेपछि मंगलबार देउवा प्रधानमन्त्री नियुक्त भएका छन् ।
देउवाबारे भविष्यवाणी गर्ने ज्योतिषी प्युठानका हुन् । देउवा जुनसुकै विशेष कार्य गर्दा रिजालसँग मुहूर्त हेराउँछन् । आफूलाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश दिएपछि देउवाले पुर्ख्यौली घर प्युठान गएर बसेका रिजाललाई रातारात काठमाडौं बोलाए । देउवा बालुवाटार सर्ने शुभ मुहूर्त हेर्न मंगलबार काठमाडौं आए ।
उनले आज फेरि अर्को भविष्यवाणी गरेका छन् । रिजालले देउवाको कार्यकाल कति हुन्छ भन्ने कुराको भविष्यवाणी गरेका छन् । उनले देउवा अब झनै शक्तिशाली हुने र उनले विश्वासको मत पाउनेसमेत बताएका छन् ।
आज एपी वान टेलिभिजनको कार्यक्रम (एपी टक टाइम)मा कुरा गर्दै ज्यो*तिषी सुरेशचन्द्रले प्रधानमन्त्री देउवाले पुरै कार्यकाल प्रधानमन्त्री चलाउने बताएका हुन् । उनले अब देश सका*रात्मक गतिमा अघि बढ्नेसमेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस