सर्वोच्चको फैसला गलत भन्नेहरू पुन*र्स्थापित सांसद सदस्यबाट राजीनामा दिने आँट गर !(झपट रावल)
367 Views
काठमाडौं, खाेज मिडिया ३१ असार । नेकपा एमालेका सांसद झपट रावलले सर्वोच्चको फैसला ग*लत भन्नेहरूलाई पुनर्स्थापित प्रतिनिधि सभा सदस्यबाट राजीनामा गर्ने आँ*ट र हिम्म*त गर्न चुनौती दिएका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपालनिकट रावलले आज आफ्ना धारणा सार्वजनिक गर्दै भनेका छन् ।*म चुनौती दिन चाहन्छु!सर्वोच्चको फैसला गलत हो भने पुनर्स्थापित भएको प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिने हिम्मत र आँट गर। यसै पनि तिमीहरू यो प्रतिनिधि सभामा कुन मुख लिएर आउँछौं?*
नेपाल पक्षका २६ जनाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। तीमध्ये २३ जना सर्वोच्चमै उपस्थित भएर हस्ताक्षर गरेका थिए। ती सांसदहरूवि*रूद्ध विभिन्न माध्यमबाट भ्रम छर्ने प्रयास भइरहेकोमा उनले खेद जनाएका छन् ।
संविधान/ लोकतन्त्र र संसदीय सर्वोच्चता बचाउने आफूहरूको कदमलाई सर्वोच्चले उचित ठह*र्याएको उनले बताएका छन्।
अदालतले हाम्रो कदमलाई उचित ठहर्यायो भनेर दिमागलाई असन्तुलित बनाउनुको सट्टा हामी नै पो गलत रहेछौं भनेर आफ्नो अनुहार ऐनामा हेर्नु नै तिमीहरूको लागि सबभन्दा उत्तम गन्तब्य हो। उनले भनेका छन्।
प्रतिनिधि सभालाई षड्यन्त्रपूर्वक विघटन गर्ने देखिएपछि त्यो षड्यन्त्र विफल पार्न आफूहरूले अन्य राजनीतिक दलसँग गठबन्धन गर्नुपरेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस