६७ कराेडकाे राजस्व यसरी छल भए
479 Views
काठमाडौं, खाेज मिडिया ३१ असार । नक्क*ली मूल्य अभिवृ*द्धि कर (भ्याट)को बीजक जारी गरी रु ६७ करोड बराबरको राजस्व छली भएको पाइएको छ ।
राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली गतिविधि गरी राजस्व छली गरेको आरोपमा आज उच्च अदालत पाटनमा मु*द्दा दर्ता गरेको छ । सर्लाहीको मनिराज सप्लायर्सका प्रोप्राइटर राजदेवी तथा उक्त फार्मको मुख्य कारोवार गर्ने व्यक्ति राजाराम महतोले रु ४१ करोड ५१ लाख बढी बिगो बराबरको राज*स्व छली गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।
उनीहरुले मालवस्तु खरीद तथा आयात नगरी! झु*टा खरी*द देखाइ विभिन्न फार्मलाई बि*क्री बीजक मात्र जा*री गरेको पाइएको छ । उक्त फार्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको भ्याट सरकारी कोषमा दाखिला नगरेको पाइएको र विभिन्न फार्मलाई नक्कली एवं नक्कली बीजक उपलब्ध गराई जालसाजी गरी भ्याट र आयकरसमेत छ*ली गरेको विभागको दाबी छ ।
अनुसन्धानमा भ्याटत*र्फ रु १५ करोड ८४ लाख र आयकरतर्फ २५ करोड ६७ लाख गरी कूल रु ४१ करोड ५१ लाख ३१ हजार राजस्व चुहावट गरेको खुलेको छ । यसैबीच नक्कली बीजक प्रयोग गरी राज*स्व छली गर्ने रौतहटको शिव ट्रेडर्सका प्रोपाइटर तथा अल्का सप्लायर्सका मुख्य कारोवारी ओमप्रकाश सिंहले रु २५ करोड ३५ लाख ४१ हजार बिगो बराबरको रा*जस्व छली गरेको आरोपमा आजै मुद्दा चलाइएको छ ।
उक्त बिगो असुल गरी जरिवाना र कैद मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । उनले पनि मालवस्तु खरीद तथा आयात नगरी, विभिन्न फार्मबाट नक्कली बीजक लिई आयकर र भ्याट छली गरेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस