राष्ट्रपतिको अस्वाभाविक शैली प्रधानमन्त्री र मन्त्रीहरूको शपथ लगत्तै प्रधानमन्त्रीलाई बधाई समेत नदिई राष्ट्रपति बाहिरिन
793 Views
काठमाडौँ, खाेज मिडिया ३० असार । राष्ट्रको अभिभावक अर्थात् राष्ट्रपति । तर प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन र कांग्रेस सभापति शेरबहादुर देउवाको आगमनमा राष्ट्रपति कार्यालयले अस्वाभाविक शैली प्रदर्शन गरेको छ ।
देउवालाई प्रधानमन्त्री नियुक्त गरेको विज्ञप्ति जारी गर्दा शीतलनिवासले संविधानको धारासमेत उल्लेख गरेन । शपथपछि पनि प्रधानमन्त्रीलाई बधाईसमेत नदिई राष्ट्रपति समारोहबाट बाहिरिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार साँझ नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ गराउँदै । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले दिएको २८ घण्टाको म्याद सकिनु एक घण्टाअघि मात्र राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी भएको थियो । जसमा भनिएको थियो ! सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालत/ संवैधानिक इजलासको २०७८।३।२८ को फैसलाबमोजिम प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नि*युक्त गर्नुभएको छ ।
सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेको थियो । यो सरकारले विश्वासको मत लिन नसके नयाँ निर्वाचनको बाटो तय हुन्छ । तर राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरेर भविष्यमा अर्को हत्क*ण्डाको पृष्ठभू*मि बनाएको आशंकामा गठब*न्धनका नेता सजग बने ।
संविधानविद्हरूले सुझाव दिएपछि देउवाले विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने अडान लिए । यो विषयमा वि*वाद हुँदा शप*थ करिब अढाई घण्टा ढिला भएको थियो । राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवा र गठबन्धनमा सामेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेपछि मात्र बेलुका ८:२५ मा शपथ भयो ।
शपथ लिन हामी राष्ट्रपति निवास पुग्दा पनि राष्ट्रपति कार्यालय भाषा सच्याउन तयार थिएन। नवनियुक्त एक मन्त्रीले भने! देउवा र प्रचण्डले राष्ट्रपति भण्डारीलाई भेटेपछि संविधानको धारा उल्लेख गरी शपथ गराउन राजी हुनुभएको हो । अप*राह्न जारी वि*ज्ञप्तिमा संविधानको धारा समावेश नगरिए पनि शपथग्रहण समारोहमा संविधानको धारा ७६ (५) उल्लेख गरेको पत्र वाचन गरिएको थियो ।
फैसलामै देउवालाई संविधानको धारा किटान गरी नियुक्त गर्न परमादेश जारी भएपछि राष्ट्रपति कार्यालयले विज्ञप्तिमा धारा उल्लेख नगर्नु गम्भीर गल्ती भएको संविधानविद् टीकाराम भट्टराईले बताए । ‘नियत वा पूर्वाग्रह जे कारणले भए पनि संविधानको धारा उल्लेख नगर्नु गम्भीर त्रुटि हो ।उनले भने! राष्ट्रपति कार्यालयले जसरी सच्याउनुपर्ने अवस्था आयो । यो काम गराउने पात्रको पहिचान नगरी नियत, आग्रह वा लापरबाही के हो भन्न गा*ह्रो छ ।
राष्ट्रपति कार्यालयका एक अधिकारीले भने सर्वोच्च अदालतको फैसलामै संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्ति गर्न आदेश भएकाले विज्ञप्तिमा उल्लेख नगरेको दाबी गरे । ‘सामान्य कुरालाई राष्ट्रपतिलाई विवादमा ल्याउने काम भयो । ती अधिकारीले भने! संविधानको धारा उल्लेख गर्ने विषय सामान्य भएकाले शपथमा समावेश गरिएको हो ।
प्रस्तावित चार मन्त्री/कांग्रेस/ माओवादी? जसपाका नेताहरूसहित एमालेका नेता माधवकुमार नेपाल पनि राष्ट्रपति कार्यालय पुगिसकेका थिए । प्रधानमन्त्रीको शपथपछि नवनियुक्त मन्त्रीहरूको शपथ भएको थियो । कांग्रेसबाट बालकृष्ण खाँणले गृह*ज्ञानेन्द्र कार्कीले कानुनमन्त्री तथा माओवादीबाट जनार्दन शर्माले अर्थ र पम्फा भुसालले ऊर्जामन्त्रीको शपथ लिए ।
शपथपछि पनि राष्ट्रपति भण्डारीले अनौठो स्वभाव प्रदर्शन गरिन् । प्रधानमन्त्री र मन्त्रीहरूको शपथलगत्तै प्रधानमन्त्रीलाई बधाईसमेत नदिई राष्ट्रपति भण्डारी मञ्चबाट बाहिरिएकी थिइन् । शपथपछि प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिनु राष्ट्रपतिको आधारभूत र औपचारिक दा*यित्व पनि हो । तर न्यूनतम औपचारिक शिष्टता पनि पूरा नगरी राष्ट्रपति समारोहबाट बाहिरिइन् ।
उद्घोषकले उपराष्ट्रपति/ सभामुख/ प्रधानन्यायाधीश/ राष्ट्रिय सभा अध्यक्षलाई कोसी हलतर्फ जान आग्रह गरेलगत्तै राष्ट्रपति भण्डारी पनि उठेर गइन् । देउवालाई पहिलो बधाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दिए ।
त्यसपछि माओवादी अध्यक्ष दाहाल र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले बधाई दिए । तर शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री ओली भने सहभागी भएनन् ।
प्रतिक्रिया दिनुहोस