हवाई उडान नहुँदा मलेसियामा अड्किए ५२ श*व
437 Views
काठमाडौं, खाेज मिडिया असार ३० । सरकारले प*र्याप्त अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न नसक्दा मलेसियामा ५२ शव अडकिएका छन् । ती श*वलाई लामो समयदेखि घर पठाउन नसकिएको मलेसियास्थित नेपाली राज*दूतावासले जनाएको छ ।
मलेसियामा औसत हरेक तीन दिनमा दुईजना हाराहारी निधन हुने गरेको छ । त्यहाँस्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालले भने! तर , पर्याप्त हवाई उडान हुन नसक्दा घरमा पठाउन सकिएको छैन ।
उनले मलेसियामा वाइड बडी जहाजको उडान हुने हो भने शव ढुवानीमा समस्या नहुने भए पनि केही समययता राखिएका उडानमा हवाई कम्पनीहरूले न्यारो बडी जहाज मात्र उडाइरहेको बताए ।
वाइड बडी जहाजको उडान हुने हो भने एकैचोटि २०–२५ वटा शव ढुवानी गर्न मिल्छ। तर न्यारो बडीको जहाजले दुई ,तीनवटाभन्दा बढी श*व बोक्दैन ।उनले भने ! रोजगारीका लागि मलेसिया पुगेका श्रमिकको उतै निधन भएर पनि शव घर ल्याउन नसक्दा घर, परिवार निकै पीडामा रहने गरेका छन् ।
वैदेशिक रोजगार ऐनअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिको निधन भएमा रोजगारदाताको साथै वैदेशिक रोजगार बोर्डले शवको ढुवानी घरसम्म गर्ने व्यवस्था गर्ने गरेको छ । रोजगारीको क्रममा ग*न्तव्य मुलुकमा निधन हुनेको शव जतिसक्दो चाँडो घरसम्म पुर्याउनुपर्ने आवाज उठ्दै आए पनि अनेक कारणले मृतकका आफन्तले समयमै शव प्राप्त गर्न सकेका छैनन् । कहिले रोजगारदाताको ढिलाइ त कहिले आवश्यक कागजपत्र जुटाउन नसक्दा वर्र्षौंदेखि मृतकको शव चाँडोभन्दा चाँडो घरसम्म पुर्याउन सरोकारवाला निकाय असफल हुँदै आएका छन् ।
बोर्डले वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका परिवारलाई सात लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ भने म्यादी जीवन बिमा गरेका श्रमिकका परिवारलाई बिमा कम्पनीले १४ लाख रूपैयाँ दिने गरेका छन् । ढकालले मलेसिया–काठमाडौंका लागि सरकारले पर्याप्त उडान नराख्दा अत्यावश्यक परेर घर फर्कन खोजेकालाई पनि निकै समस्या परेको बताए । अहिले क्वालालम्पुर,काठमाडौं सातामा तीन हवाई उडान राखिएका छन् ।
उनले भने! न्यून उडान संख्या राखिएकाले दुई महिनासम्मको टिकट लगभग प्याक भइसकेको अवस्था छ। हालसम्म श्रम स्वी*कृति जा*री भएको आधारमा नेपालका लागि मलेसिया सबैभन्दा ठूलो गन्त*व्य हो ।
प्रतिक्रिया दिनुहोस