६ करोड बराबरको लागतमा मर्मत हुँदै गरेको सडक भत्कियो
756 Views
काठमाडौं, खाेज मिडिया २९ असार । सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको साल्मे*फाप्लु सडक म*र्मत कार्य सम्पन्न नहुँदै भत्किएको छ ।
साल्मे*फाप्लु १५ किलोमिटर सडक मर्मत कार्य सम्पन्न नुहँदै भत्किन थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
शैशाख शुरु हुनै लाग्दा काम थालिए पनि असारको मध्य नहुँदै भत्कन थालेको सवारी चालक दावा ग्याल्जेन शेर्पाले बताउनुभयो ।
सडक डिभिजन कार्यालय हर्कपुरले सिद्धिचरण राजमार्गको हर्कपुरदेखि फाप्लुसम्मको सडक मर्मत गर्ने गरी विभिन्न निर्माण कम्पनीसँग सम्झौता गरी योजना सञ्चालन गरेको भए पनि गुण*स्तरीय नभएको यात्रुको दा*वी छ ।
कार्यालयका अनुसार ओखलढुङ्गाको हर्कपुरदेखि सोलुखुम्बुको फाप्लुसम्मको सडक मर्मतको कार्य अहिले ६० प्रतिशत सकिएको छ । यद्यपि असारमा बजेट सिध्याउने बहानामा गुणस्त*रीय काम नभएको चालक तथा यात्रुको भनाइ छ ।
बर्खाको समयमा बजेट खर्च गर्नकै लागि निर्माण गरेको जस्तो देखिने विकास निर्माणमा अनुगमन फि*तलो हुनु र ठे*केदार कम्पनीले समेत गुणस्तरीयतामा ध्यान दिनुपर्ने दायित्व नबुझ्दा समस्या हुनेगरेको सोलु दुधकुण्ड नगरपालिका*४ का फुरी लामाको भनाइ छ ।
सडक मर्मत कार्य सम्पन नभई भत्किनुले समग्र जिल्लामा हुने विकासको गुणस्तरीयतामा प्रश्न गर्ने प्रशस्त आधार खडा भएको स्थानीयवासीको भनाइ छ ।
नगरपालिकाका जनप्रतिनिधिदेखि जिल्लाका उच्च ओहोदाका अधिकारीले दैनिकरूपमा अनुगमन गर्न सक्ने भए पनि त्यो नहुनु र निर्माण कम्पनीले योजना सम्पन्न गर्नेतर्फ मात्र ध्या*न दिँदा मर्मत गरिएको सडक भत्किएको थुलुङ दुधकोशी गाउँपालिका*५ का तेजबहादुर बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस