(ज्ञानेन्द्र शाहीको टिप्पणी)निर्वाचन गरेर किन राज्यको अरबौ ढु*कुटी रित्या*उनु ?
787 Views
काठमाडौं, खाेज मिडिया २८ असार । सामाजिक अभियान्ता तथा “हामी नेपाली हाम्रो नेपाल” संस्थाका संयोजक ज्ञानेन्द्र शाहीले निर्वाचन गरेर अरबौ रुपैयाँ खर्च गरि राज्यको ढुकुटी रित्याउनुको अर्थ नरहेको बताएका छन् ।
उनले अब उ*प्रान्त निर्वाचन नै नगरी दलका नेताहरुलाई यो यति वर्ष वा यति महिनाका निम्ति प्रधानमन्त्री हुने भनेर तोकिने भयो भनेर टि*प्पणी गरेका छन् ।
सर्वोच्च अदालतले प्रतिनिभिसभा विघटनलाई पुनस्र्थापना र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने फैसला गरेको विषयमा सामाजिक सञ्जाल फेसबुकमा टिप्प्णी गर्दै उनले यो निर्णय कतिलाई प्रत्याशित र अप्रत्याशित लागेको बताएका छन् ।
उनले राष्ट्र र राष्ट्रियताका निम्ति देशका जिम्मेवार स्थानीय निकायहरू निष्पक्ष/ स्वतन्त्र र बाहिरी प्रभा*वबाट अछु*तो हुन आवश्यक रहेकामा जोड दिएका छन् ।
उनले सर्वोच्च अदालतको फैसला आएपछि के अब सरकार १ महिना ६ महिनामा या १ वर्षमा परिवर्तन गर्नु सच्चा लोकतन्त्र हो प्रश्न गर्दै के सरकार बनाउन विभिन्न बहानामा संसद किनबेच गर्नु या तदनुरूप वातावरण बनाउनु लोकतन्त्र हो भन्ने प्रश्न गरेका छन् ।
यदि हो भने अद्ययावधिक निर्वाचन किन र के का लागि ? अब उप्रान्त निर्वाचन नै नगरी दलका नेताहरुलाई यो यति वर्ष वा महिनाका निम्ति प्रधानमन्त्री हुने भनेर तोके भयो ! किन निर्वाचन गरेर अर्बौ रुपैया खर्च गरि राज्यको ढुकुटी रिताउनु ? भन्दै प्रश्न गरेका छन् ।
शाहीले फेसबुकमा नेपाल र नेपालीको हितमा हुने भोलिको परिवर्तनको पवित्र यज्ञमा लामवद्ध हुन सम्पूर्ण नेपालीलाई अपिल पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस