माधव नेपाल पक्ष आजबाट वि*पक्षी गठ*बन्धनमा नरहने घाेषण/ देउवालाई विश्वासको मत दिन अन्यौल
1140 Views
काठमाडौं,खाेज मिडिया २८ असार । ने*क*पा (एमा*ले) माधव कुमार नेपाल समूह आजबाट विप*क्षी गठबन्धनबाट बाहि*रिएको छ ।
सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधा*नमन्त्री बनाउन र प्रतिनिधिसभा पूनःस्थापना गर्ने फैसला गरेपछि आज माधव नेपालको निवासमा बसेको वि*पक्षी गठब*न्धनको बैठकमा नेपाल समूहले आजबाट गठ*बन्धनमा नर*हने घो*षणा गरेको हो ।
बैठकमा सहभागी माधव नेपाल समूहका नेता रघुजी पन्तले आफूहरु संविधान र गणतन्त्रको पक्षमा दृढ भएर उभिएको सुनाउँदै भोलिका दिनमा पनि लोकतन्त्र/ संविधान र गणतन्त्रमाथि खतरा आए त्यसको विरु*द्धमा उभिने बताए । तर! अदा*लतको फैसलापछि अब एमाले आफ्नो पार्टी एकतामा के*न्द्रित रहने उनको भनाई छ ।
अदालतको फैसला नआउँदासम्म आफ्नो पक्षका सांसदहरुको हस्ता*क्षर फिर्ता नहुने भनिएको र आज अदालतको फैसला आएपछि अब विपक्षी गबन्धनमा रहिरहने कुरा नभएको उनको भनाई छ ।
देउवा नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्नुपर्ने भन्दै सोहीअनुसार नेता नेपालले आफ्नो सु*झाव दिएको पनि उनले जानकारी दिए ।
अब बन्ने सरकार एकलौटी नच*लोस भन्ने पनि नेता नेपालले सुझाव दिएका थिए । देउवालाई विश्वासको मत दिने वा नदिने भन्नेबारे एमालेले सिंगो पँक्ति एक भएर निर्णय गर्ने उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस