मन्त्रीले चासो नदेखाएपछि ठाकुर पक्षका मुद्दा ओझेलमा
793 Views
काठमाडौं,खाेज मिडिया २७ असार । सर्वोच्च अदालतको आदेशअनुसार जनता समा*जवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उसका माग सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री केपी ओलीले चासो देखाएका छैनन्।
प्रधानमन्त्रीले माग सम्बोधन गर्ने सहमति गरेपछि ठाकुर प*क्ष सरकारमा सहभागी भएको थियो । जसपा सरकारमा सहभागी हुनुअघि उसले उठाएका मु*द्दा सम्बोधन गर्न दुई पक्ष सम्मिलित कार्यदल बनेको थियो । संविधान संशोधनका लागि पनि एउटा कार्यदल बनेको थियो। प्रधानमन्त्री माग पूरा गर्न सहमत जसपा ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो । तर ठाकुर पक्ष सरकारबाट बाहिर*एपछि उसका मा*ग पूरा गर्नेतर्फ प्रधानमन्त्रीले चासो दिएका छैनन् । कार्यदलको बैठक पनि बस्न नसकेको त्यसका सदस्य लक्ष्मणलाल कर्णले बताए । तर सहभागी भएको केही दिनपछि असार ८ गते सर्वोच्च अदालतबाट भएको आदेशबमोजिम ठाकुर पक्षका ११ मन्त्री सरकारबाट बा*हिरिन बाध्य भएका थिए ।
ओलीले गरेको मन्त्रिपरिषद् विस्ता*रलाई सर्वोेच्च अदालतले अवैध भनेपछि जसपासहित एमालेबाट सरकारमा थपिएका मन्त्रीहरू बाहिरिनुपरेको थियो । जसपा ठाकुर पक्ष आफूले उठाएका केही मु*द्दा कार्यान्वयनमा आएको र केही कार्यान्वयनको प्रक्रियामा गएको भन्दै सरकारमा सहभागी भएको थियो । ठाकुर पक्षलाई विप*क्षी गठबन्धनसँग मिल्न नदिन उसका माग पूरा गर्ने प्रतिब*द्धता जनाउन ओली बाध्य भएका थिए ।
ठाकुर पक्ष सरकारमा सहभागी हुनुभन्दा पहिला मधेस आन्दोलनका क्रममा मु*द्दा चलाइएका १ सय २० जना व्यक्तिको मुद्दा फिर्ता लिन र संविधान संशोधनका लागि कार्यदल बनाउन ओली सहमत भएका थिए । यसै आधारमा ठाकुर पक्ष सरकारमा गएको थियो ।
प्रतिक्रिया दिनुहोस