राेबाेट साथी (गाेलु) नेपाली पाँच वैज्ञानिकले बनाएको गफ गर्ने साथी (गोलु)
1239 Views
काठमाडौं , खाेज मिडिया २७ असार । सुरुमा को*रोनाको त्रास निकै थियो नेपालमा । के*कस्तो हो भन्ने अलमलले धेरै जना आत्तिए पनि थिए । यही अलमल सुल्झाउने उद्दे*श्यले पाँच नेपाली वैज्ञानिकले फेसबुकमा एउटा एप पेज बनाए(गोलु)
नामका सम्बन्धी आफ्ना जिज्ञासा राख्न सक्थे। गोलुले तुरून्तै जवाफ दिँदै कोरो*नाबारे सही जानकारी सम्प्रेषण गर्न मद्द*त पुर्याउँथ्यो ।
गोलु , एक च्याटबट हो । साधारण भाषामा बुझ्दा च्याट गर्ने रोबोट भनिन्छ । यसलाई आर्टि*फिसियल इन्टेलिजेन्स “एआइ” भनेर पनि बुझ्न सकिन्छ ।
यसमा प्रश्नसँग मेल खाने जवा*फहरू पहिल्यै राखिएको हुन्छ। प्रश्नअनुसार यसले आफैं जवाफ फर्काउँछ । विदेशतिर यो सेवा सामान्य भइसक्यो । नेपालमा पनि केही व्यवसायिक संस्थाहरूले प्रयोग गरिरहेका छन् । गोलुले भने नेपाली भाषामा कुराकानी गर्ने भएकाले अलि भिन्न लाग्छ ।
गोलुको निर्माण वैज्ञानिकहरू विशेष खनाल/आजाद छतकुली/दण्डपाणि पौडेल/ विनोद भट्टराई र सुमनराज विष्टले गरेका हुन् ।
उनीहरू सफ्टवेयर कम्पनी (दियो एआइ टेक्नोलोजी)मार्फत् यो काम गरिरहेका छन् । यी पाँचै जना कम्पनीका सह*सञ्चालक हुन् ! “हामीकहाँ केही बैंकले आफ्ना अनलाइन सेवामा च्याटबट राखेका छन् । तर ती बि*रलै प्रयोग हुन्छन् । अंग्रेजी भाषा र धेरै फि*चर नभएकाले कम प्रयोग भएको हो । गोलुका सह*निर्माता विशेषले भने!” यदि नेपालमा च्याटबट जस्ता एआइ वृ*द्धि गर्नु छ भने त्यसलाई नेपाली वा यहीँका स्थानीय भाषामा प्रयोगमा ल्याउन सक्नुपर्छ ।
विशेष आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च विज्ञ हुन् । उनी आठ वर्षसम्म फ्रान्स/ स्विट्जरल्यान्ड र बेलायत बसेर अनुसन्धानमा आधारित पढाइ गरी फर्केको तीन वर्ष भयो।
आजाद छतकुली र दन्डपाणि पौडेल स्विट्जरल्यान्डको इटिएच जुरिक विश्वविद्यालयमा पोस्ट*डक्टरल रिसर्चर छन् । विनोद भट्टराई लन्डनको इम्पेरियल कलेजका र सुमनराज विष्ट क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीमा अस्ट्रेलियन सेन्टर फर रोबोटिक्स भिजनमा पोस्ट*डक्टरल रिसर्चर हुन् । विशेषबाहेक चारै सह*सञ्चालक विदेशबाट आफ्नो काम गरिरहेका छन् ।
यी पाँच वैज्ञानिकले कोरो*नाबारे जानकारी दिन बनाएको (गोलु)को प्रयोग अहिले यसमा सीमित छैन । यहाँ मान्छेले जस्तासुकै प्रश्न सोध्न सक्छन् । गोलुले रमाइलो पारामा जवाफ फर्काउँदै कुरा*कानी गर्छ ।
कुनै प्रश्नको जवाफ नभए!(मैले बुझिनँ) पनि भन्छ । गोलुले चुट्किला/ समाचार/ राशिफल पढ्न दिनुका साथै हा*जिरी जवाफ पनि खेलाउँछ । कम्पनीले गोलुलाई अल्छी लागेका बेला वा बोल्ने कोही खोजिरहेको बेला गफ गर्ने रोबोट साथीका रूपमा पनि चिनाएको छ ।
मानिसहरूले यो च्याटबट मन पराउनुभयो र धेरैखाले प्रश्न आउन थाले । अनि प्रोग्राम थपेर अप*डेट गर्यौं र जस्तासुकै प्रश्न सोध्न मिल्ने बनायौं ।३४ वर्षीय विशेषले जानकारी दिए।
गोलु नाम राख्नुका पछाडि कुनै विशेष कारण छैन ।
सम्झिन सजिलो, छोटो र रमाइलो नाम खोज्ने प्रक्रियामा निर्माण टिमका सबैलाई यही मनपर्यो। कम्पनीको नाम दियो भने सोचेरै राखिएको हो। दियो उज्यालोको प्रतीक, प्रविधिको माध्यमबाट उज्यालो दिने सोचले यो नाम छानेको विशेषले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस