संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको भन्दै ७२ घण्टे अल्टिमेटम पोखरामा भयो यस्तो भिडियो सहित
311 Views
पोखरा, असार २६, खोज मिडिया । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई ७२ घण्टे अ*ल्टिमेटम दिएको छ ।
संयुक्त विद्यार्थीका संगठनका तर्फबाट असार २४ गते पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गर्दै नेपाल आयल निगममा ज्ञापनपत्र समेत बुझाइ सकिएको छ । ज्ञापनपत्र बुझाउने सन्दर्भमा नेपाल आयल निगमका महाप्रबन्धकले भेट समेत नदिइ विद्यार्थी आ*न्दोलनलाई अपमान गर्ने काम भएको भनेर विद्यार्थी नेताहरुले आ*क्रोस पोखे ।
यसैबीच पोखरामा पनि संयुक्त विद्यार्थी संगठन केन्द्रको निर्देषण अनुसार हिजो शुक्रवार बेलुकी ५ बजे मानवअधिकार चोक चिप्लेढुंगा जम्मा भई सिट्ठी जुलुस सहित बिरोध प्रदर्शन गरेका थिए। सिट्ठी जुलुस मानवअधिकार चोक देखि महेन्द्रपुलमा पुगेर समाप्त भएको थियो। भने सिट्ठी जुलुसमा सहभागी संयुक्त विद्यार्थी संगठनका आस्था नेपाली, बसन्त भट्टचन, बिकाश थापा, बज्र राज अधिकारी लगाएतले बोलेका थिए।
यदि ७२ घण्टाभित्र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता नगरिएमा देशभरका सम्पूर्ण पेट्रोल पम्पहरू, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कहरू अनिश्चितकालका लागि बन्द गर्ने सरकारलाई चे*तावनी समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस