विदेशमा भन्दा स्वदेशमा कराेडाै कमाउन सफल ( ज्ञानेन्द्र चापागाई)
557 Views
चितवन,खाेज मिडिया २६ असार । पन्ध्र वर्षभन्दा बढी समय रोजगा*रीका लागि विभिन्न देशमा बिताएका ज्ञानेन्द्र चापा*गाई क्षेत्री अहिले भरतपुरमा आफ्नै व्यव*सायमा रमाएका छन् ।
भरतपुरमा कार सजाव*ट र कि*नबेचको व्यवसाय गरेका उनी विदेशको भन्दा यहाँको कमा*इमा सन्तु*ष्ट छन् । भरतपुर महानगरपालिका वडा नं.१० रि*जाल चोकमा उनको कान्तिपुर कार डे*कोर एण्ड ज्या*कवास सेन्टर वी*थ रिक*ण्डिसन रहेको छ ।
हरेक दिन बि*हान सबे*रैदेखि साँ*झ अबे*रसम्म का*मदार कर्मचारीसँगै उनी काममा व्यस्त छन् । मिलनचोकमा घर भएका ज्ञानेन्द्र स्नातक अध्य*यनका क्रममा विदेशिनु परेकाे थियो ।
विसं २०५७ मा मकाउ गएका उनले चार वर्ष त्यहाँ बिताएका
थिए । मासिक एक लाख कमाइ हुने भए पनि चित्त नबुझेपछि उनी कोरिया पुगे । सात वर्षको कोरिया बसाइमा मासिक रु.१ लाख ३० हजार हारा*हारी कमाइ थियो । त्यसबाट उनी सन्तु*ष्ट हुन सकेनन् । त्यसपछि युएई पुगे ।
त्यहाँ चार वर्ष ६ महिना बसाइ अ*न्यत्र जस्तै कमाइ भएपनि त्यहाँ छोडेर स्वदेश फर्किए । लगत्तै भरतपुर विमा*नस्थल नजिकै यो व्यवसाय शुरु गरिएकाे थियोे । झण्डै रु.४० लाखको संरचना निर्माण गरी व्यवसाय थालेपनि विस्ता*र भएसँगै उनले फरा*किलो ठाउँ खोजे ।
यही क्रममा तीन वर्षपछि उनी रिजाल चोक आइपुगे । दुई क*ठ्ठा जमिनमा संर*चना निर्माण गरी कारको सजावट/सरसफाइ/पार्टस् बिक्री र पुराना कार किनबेचको व्यवसाय ज्ञानेन्द्रले गरेका छन् ।
यो व्यवसायमा उनको लगानी झण्डै दुई करो*ड पुगिसकेको छ । क्याम्पस पढाउँदै गरेकी श्रीमती सुलोचना प्याकुरेल क्षेत्रीले पनि फुर्स*दको समयमा व्य*वसायमा साथ दिँदै आएका छन् ।
दिउँसोको समयमा सुलोचनाले व्यवसाय हेर्छन , भने उनी बजार प्रवर्ध*नमा जुटे । नौ जना का*मदार कर्मचारीलाई रोजगारी दिएर व्यवसाय गरिरहेका उनले भने (मैले विदेशमा मिहिनेत गर्नुपर्छ भन्ने सिकेको कुरा स्वदेशमा आएर कार्या*न्वयनमा ल्याएको छु ।)
दैनिक १४ घण्टा हारा*हारी काममा खट्ने उनी शनिवारको दिन परिवारसँगै रमाउने गर्छन । कोरियामा जस्तै गरी सातामा एक पटक कामदार कर्मचारी सहित खानपिन गराउने उनको प्रचलन रहेको छ ।
(आम्दानी कस्तो छ ?)भन्ने जि*ज्ञासामा उनले भने! (विदेशको भन्दा झण्डै दो*ब्बर त्यहाँ कमाउँछु । यसमा मेरो कडा मिहिनेत छ ।) अब विदेश गए भन्ने? प्रश्नमा उनले भने ! (अमेरिकाले भि*सा पठायो भने पनि म जान्न ।) ज्ञानुका नामले परिचित उहाँका अहिले भरतपुर क्षेत्रमा राम्रै सेवाग्राही छन् ।
मिजा*सिलो स्व*भाव र मीठो बोलिका कारण सेवाग्राहीको मन जित्न, उनको कर्म देखेर पनि धेरै प्रभा*वित हुने गरेका छन् । विदेश जान खुट्टा उचाल्नेहरुलाई स्वदेशमै श्र*म गर्न उनले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस