सिर्जनशील जनशक्ति निर्माण गर्याे भने काम उसैले सिर्जना गरिन्छ(राजन मुकारुङ)
922 Views
काठमाडौं, खाेज मिडिया २५ असार । नेपाली साहित्यका सुपरिचित व्यक्तित्व हुन् राजन मुकारुङ् । सिमान्तकृ*त समुदायको आवाजलाई साहित्यमा बलियो ढंगले अभि*व्यक्त गर्ने लेखक उनको पहिचान हो ।
न*श्लीय चेतनालाई साहित्यको मूलधारमा ल्याउन उनले हाङयुग अज्ञात र उपेन्द्र सुब्बासँग मिलेर (सिर्जनशील अराजकता) आन्दोलन गरे । अहिले आदिवासी जनजाति साहित्यकार महासंघका अध्यक्ष पनि हुन् मुकारुङ् ।
(दमिनी भीर) उपन्यासका लागि २०६९ सालको मदन पुरस्कार प्राप्त गरेका मुकारुङको (हेत्छा*कुप्पा) उपन्यास र पाँच कविता कृति प्रकाशित छन् । उनको निबन्धकृति हो । (फेरिँदो सौन्दर्य)।
तीन बर्ष शिक्षणसमेत गरेका उनी विद्यार्थीलाई सिर्जनशील बनाउन शिक्षक र अभिभावकले खेल्नुपर्ने भूमिकाबारे यसो भन्छन् !
(एउटा शिक्षकले गृहकार्यबाट विद्यार्थीको सिर्जनशीलता पहिचान गर्न सक्छ । विशेष गरी भाषा विषयमा सिर्ज*नशील विद्यार्थीले उत्त*र दिँदा अलिकति रसि*लोपन आइहाल्छ । काव्यिकपन आइहाल्छ । शिक्षकले उसको उत्तरमुनि *तिम्रो यो राम्रो छ यति चाहिँ सुधार* भनेर लेखिदियो भने विद्यार्थी उत्प्रे*रित भइहाल्छ ।)
अर्कोचाहिं त्यस्ता विद्यार्थीलाई टि*फिन टाइमजस्ता खाली समयमा शिक्षकले समय दिनुपर्छ । एउटा कवि हुने छनक भएको विद्यार्थी भलिबल/ फुटबल/ क्रिकेट खेल्नतिर भन्दा कतै घोत्लिएर सोच्नतिर लागेको हुन्छ । त्यस्तो बेला शिक्षकले समय दियो भने उनीहरू उत्प्रेरित हुन्छन् ।
चन्द्र रानाहँ*छाल*गायत मैले पढाएका केही विद्यार्थी कवि भएका छन् । उनीहरूलाई मैले त्यसरी नै चिनेको थिएँ र समय दिन्थेँ । मलाई चाहिँ सरले समय नै त दिनुभएन ।
तर! उत्प्रे*रित चाहिँ गर्नुभयो ।
माथिल्ला कक्षामा नेपाली शिक्षक हुनुहुन्थ्यो प्रभुराम राई । उहाँ सबैलाई सोध्दै आउनुहुन्थ्यो । कसैले भन्न सकेन वा आधा भन्यो भने मलाईचाहिँ पूरा भन्न लाउनुहुन्थ्यो । यसले चाहिँ (फिनिसिङ्ग) गर्छ भन्ने भावका साथ । त्यो पनि उत्प्रे*रणा नै थियो ।
प्रार*म्भिक चरणमा साहित्यप्रति रुचि जाग्नुमा शिक्षक टिकाप्रसाद न्यौपानेको पनि हात छ । उहाँ संस्कृत र नेपाली पढाउनुहुन्थ्यो । अत्यन्त अनुभवी शिक्षक /साहित्यिक ढंगले र*सिलो भा*षा प्रयोग गरी पढाउने । जसकारण संस्कृत र नेपालीमा खुब रस बस्यो ।
विद्यार्थीलाई सिर्जनशील बनाउन दैनिकी लेख्ने बानी बसाइदिनुपर्छ । उसले दिनभर भोगेको/ अनुभूत गरेको कुरा डायरीमा लेख्न लगाउनुपर्छ । तर थोरै/ धेरै लेख्न लगायो भने भार हुन्छ । डायरी हेरिदिनुपर्छ शिक्षकले र आवश्यक सु*झाव दिनुपर्छ ।
यसले उसको लेखनमा बानी त बस्छ नै बोध गर्ने क्षे*मता पनि बन्छ । बिस्तारै त्यस्ता अनु*भूतिबाट प्राप्त हुने सारबारे पनि सोच्न सिकाउनुपर्छ । त्यसो भयो भने विद्यार्थीहरू सधैँ आफूप्रति सचेत हुन्छन् ।
मेरो अहिलेसम्मको अनुभवमा हाम्रा पाठ्यक्रम र शिक्षण पद्दति सिर्जनशील छैनन्। समयसँग कुनै साइनो नभएका पाठहरू छन् । त्यसमा पनि अध्यापन परम्परागत छ । एकातिर बुढा शिक्षक छन्, जो थाकिसकेका हुन्छन् ।
अर्का*तिर अस्थायी शिक्षक छन्! जसलाई जागिरको भरोसा नै छैन । कतिबेला फालिइन्छ भन्ने त्रा*स छ । त्यसले पनि उर्जा*शील शिक्षण भइरहेको छैन ।
त्यति हुँदा*हुँदै पनि शिक्षक सिर्जनशील हुने हो भने विद्यार्थीलाई सिर्जनशील बनाउन सकिन्छ । विद्यार्थी जहिले पनि सरल स्वभावका शिक्षकसँग बढी प्र*भावित हुन्छन् ।
उनीहरू नै विद्यार्थीको आदर्श गुरु बन्ने गर्छन् । त्यस्ता गुरुले जता डोर्याउँछन्त्यतै डो*रिने हो शिक्षा । त्यसका लागि पाठ्य*क्रमबा*हिरका पुस्तक पनि पढ्न उत्प्रेरित गर्नुपर्छ ।
उनीहररू प्रा*रम्भिक चरणमै गहन किताब पढ्न सक्दैनन् । सुरुवात लोक*साहित्यबाट गर्नु राम्रो हुन्छ । त्यसपछि बिस्तारै उनीहरूलाई ग*हन किताबतिर आकर्षण बढ्छ । विद्यार्थीको क्षे*मताअनुसार सिफा*रिस गर्ने काम शिक्षकको हो । बानी बसाइदिएपछि त विद्यार्थीले नै पनि खोज्न थाल्छन् ।
जस्तो! हामी पहिले जादु/ टुना*मुना जस्ता कथा पनि पढ्थ्यौं । त्यसले हामीलाई कल्पना*शील बनाउँथ्यो भने अरु किताबको भोक पनि जगाउँथ्यो । तर अहिले चाहिँ सहरका नानीहरू कार्टुन हेर्छन् । त्यसले कल्प*नाशीलता ध्व*स्त ग*रिरहेको छ । हुन त पश्चिमाहरूले भिज्युअलबाट आकर्षित गरेर सिर्जनशील बनाउन खोजेका हुन् ।
तर नेपाली विद्यार्थीको सन्द*र्भमा त्यसले सही काम गरिरहेको छैन । किनभने पश्चिमाले बनाएका का*र्टुनको परि*वेश अर्कै छ । नेपालको समाजिक/ आर्थिक र सांस्कृतिक स्थिति अर्कै छ ।
गाउँमा पनि मोबाइल संस्कृतिले नानीहरू बिग्रेका छन् । सरकारी विद्यालयमा नै बढी बुढा र अस्थायी शिक्षक छन् । उनीहरुले विद्यार्थीलाई सिर्जनशील बनाउन सकिरहेका छैनन् ।
त्यस्तो बेला मोबाइलमा आएको गेम र सिनेमा*ले कल्प*नाशीलता सा*फ भएको छ । त्यसैले हामीले उनीहरूलाई लोकसाहित्यबाट उत्प्रे*रित गराएर अहिलेको साहि*त्यसम्म ल्याउनुपर्छ ।
त्यसपछि उनीहरू सिर्जनशील पनि हुन्छन् र समाजलाई बुझ्छन् पनि । समाजलाई बो*ध गरिसकेपछि कु*लतमा फस्ला*न् कि भनेर डराउनु पनि पर्दैन ।
विद्यार्थी सिर्जनशील र कल्पनाशील बनाउन पाठ्यक्रम परिवर्तन गर्नु आवश्यक छ । उनीहरूलाई नेपाली समाज पढाउनुपर्छ । नेपाली संस्कृति/सभ्यता र इतिहास सरल ढंगले पढाउनुपर्छ ।
आफ्नै समाज/जीवन र व्यवहारबाट शिक्षा सुरुवात गर्नुपर्छ । त्यही नभएको कारण विद्यार्थीले ९५ प्रतिशत ल्याउँछन् । नेपाल (टप) गर्छन् एसएलसीमा । क्याम्पसमा पनि (टप)गर्छन् । तर सिर्जन*शीलताचाहिँ पटक्कै देखि*दैन । सब घो*केको भरमा भइरहेको छ ।
अझ बोर्डिङ स्कूलमा यो समस्या बढी देखिन्छ । सम्भावित प्रश्न यी हुन् भन्दै बर्षभरि रटान लगाएर लेख्न लगाइन्छ । त्यही आउँछ परीक्षामा पनि, अनि नम्बर ल्याइहाल्छन् । तर परिणाम राजनीति धानिदिनुपर्ने सरकारी विद्यालय र कलेजको उत्पादनले साहित्यमा आइदिनुपर्ने र लेखिदिनुपर्ने सरकारी स्कूल पढेरै आएकाले । नेपाली समाजको व्या*ख्या वि*ष्लेषण गर्नुपर्ने सबै त्यहीँ पढेकाले ।
(टपर) हुने विद्यार्थीचाहिँ कि डाक्टर भयो! कि इन्जिनियर भयो । पढ्यो/ काम पायो भने त पाइहाल्यो/ नत्र बि*जोग हुन्छ । हाम्रा समुदायका धेरै इन्जिनियर देखेको छु मैले/ जो कुखुरा/ सुंगुर पालन गरेर बसेका छन् । त्यसका लागि इन्जिनियर बनिरहनु पर्थेन । शिक्षामा लगानी यसरी खेर गइरहेको छ । विद्यार्थीलाई समाज र संस्कृति पढाउन र बुझाउन नसक्नुको परिणाम हो यो ।
आफ्ना छोराछोरीको प्र*तिभा अविभावकले चिन्नुपर्छ । यसमा पनि शिक्षकको भू*मिका महत्वपूर्ण हुन्छ । अविभावकलाई उनीहरूको छोराछोरीको चाहना र मनो*विज्ञानबारे शिक्षकले इमान्दा*रितापूर्वक बताइदिनुपर्छ ।
अविभावकले त्यही अनुसार वातावरण बनाइदिनुपर्छ । तर अहिले अविभावकमा पनि पल्लो घरको बच्चाले यसो गर्दैछ भनेपछि त्यसै गराउनुपर्ने मनो*विज्ञान हावी छ ।
कतिले मलाई सोध्छन्– तपाईं जागिर के खानुहुन्छ ? जागिर किन खानुपर्यो ? कविता लेखेर, उपन्यास लेखेर र बोलेरै जीवन चलिरहेको छ ।
अध्ययन गर्ने विषय छनौटमा पनि नेपाली समाजमा धेरै अन्योलता छ । एकचोटी आउँछ (सोसियोलोजी)को माहौल । त्यो पढे जागिर खान पाइन्छ भनेर सबै त्यही पढ्छन् । कोटा हुन्छ जम्माजम्मी पाँच/छ हजारको । जनशक्ति बन्छ तीन लाख । अनि त्यसको कामै छैन ।
कहिले आउँछ माहौल (अकाउन्ट)को । कहिले (मेनेजमेन्ट)को आउँछ । त्यतैतिर विद्यार्थी ओइरिन्छन् । त्यस्तो गर्नु ठीक होइन । पहिले आफ्नो समाजको राम्ररी अध्ययन गर्नुपर्छ । अनिमात्रै हरेक क्षेत्रका काम गर्न सकिन्छ । त्यसैले मैले त बारबार भन्ने गरेको छु! सबैभन्दा पहिले हाम्रा बच्चालाई (ह्युम्यानिटिज) पढाऔं । त्यसमा एउटा शक्ति छ ।
त्यसले कला साहित्यको माध्यमबाट यहीँ बसेर पृथ्वीको पल्लो कुुनामा चाहि के भइरहेको छ भन्ने बुझ्न सिकाउँछ, खोज्न सिकाउँछ । कल्पनाशील बनाउँछ । त्यो ठूलो कुरा हो । त्यहाँको मानिसले के गरिरहेको छ भन्ने खोज्दा उसले त्यहाँको समाज भेट्छ त्यहाको संस्कृति भेट्छ ।
अनि आफ्नो समाज र संस्कृतिसँग दाँज्छ । त्यसपछि ऊ आफ्नो समाजप्रति संवेद*नशील हुन्छ । आफ्नो संस्कृतिप्रति उत्तर*दायी बन्छ । त्यसपछि जे अध्ययन गरेपनि उसले आफ्नो समाजलाई योगदान दिन सक्छ । यसमा अविभावक सबैभन्दा सचेत हुनु जरुरी छ ।
फलानाको छोराले इन्जिनियरिङ पढ्दैछ! तैँले पनि त्यही पढ्नुपर्छ भनेर जब*र्जस्ती पढाउनाले आफ्नो प्रतिभा मार्न बिवश हुन्छन् विद्यार्थी । त्यसरी जब*र्जस्ती पढेको विषयमा अस*फल हुने स*म्भावना अ*धिक हुन्छ ।
अहिले समाज परिवर्तन हुँदैछ । त्यहीअनुसारको साहित्य लेखिनु आवश्यक छ । त्यसैले हामीलाई राम्रा साहि*त्यकार चाहिएको छ ।
यदि अस*फल भयो भने उसको भ*विष्य त्यहीँ सकिन्छ । त्यसैकारण मैले छोराहरूलाई पाइलट/ डाक्टर वा इन्जिनियर हुनुपर्छ भनेर कहिल्यै भनिनँ । बरु भनें राजनीति गर्ने हो भने थालिहाल आजैदेखि । थालिहाल भाषण गर्न/ संगठन गर्न । साहित्यमा लाग्ने हो भने पढ । बाहिरका किताब पढ्न कुनै रोकतोक गरिनँ ।
अहिले समाज परि*वर्तन हुँदैछ । त्यहीअनुसारको सा*हित्य लेखिनु आवश्यक छ । त्यसैले हामीलाई राम्रा साहि-त्यकार चाहिएको छ । त्यसको आ*धार विद्यालयमा बन्ने हो । त्यसका लागि साहित्यमा लाग्न चाहने विद्यार्थीलाई साहित्यका पुस्तक पढ्न शिक्षकले उत्प्रे*रित गर्नुपर्छ ।
लामो बिदाको समय साहि*त्यमा चाख राख्ने विद्यार्थीलाई पाठ्यक्रमबाहिरको पुस्तक पढ्ने ठूलो अव*सर हो । शिक्षकले यस्तो बेला पढ्ने किताब सिफारिस गर्नुपर्छ । त्यस्तै बेला सिर्जनात्मक डायरी लेखाउन सकिन्छ । नाटक/ गीतसंगीतजस्ता सिर्जनशील कार्य गर्न उत्प्रे*रित गराउनुपर्छ ।
अहिले त विद्यार्थीको सिर्जना प्र*काशनसम्म पुर्याउन पनि सक्छन् शिक्षकले । प्रशस्त दैनिक पत्रपत्रिका र अनलाइनले पहुँ*च सहज बनेको छ । तर विद्यार्थी आफैंले त्यो सबै गर्न सक्दैनन् । शिक्षकले त्यो है*सियत राख्नुपर्छ ।
कतिपय कविता वा साहित्यका अन्य विधामा लेखिरहेका विद्यार्थी साहि*त्यकारलाई भेट्न चाहन्छन् । गफ गर्न चाहन्छन् । तर उनीहरुले भेट्न माध्यम पाएका हुदैनन् । त्यो माध्यम खोजिदिने काम शिक्षकको हो ।
पुर्याइदिने काम अविभावकको हो । त्यस्तो वातावरण बन्यो भने साहित्यमा लाग्न चाहने विद्यार्थीले उचित मार्ग*निर्देशन पाउँछ । शिक्षक र अभिभावक मिलेमा त्यो वातावरण बनाउन सक्छन् । त्यस्तो अस्वस्थ प्रति*ष्पर्धा र देखासेखीले बालबालिकाको भविष्य बि*ग्रिरहेको छ ।
त्यसैले शिक्षक र अभिभावकबीच अन्त*रक्रिया हुनु जरुरी छ । विद्यार्थीको चाहना के छ र के बन्न चाहन्छ भन्ने स्प*ष्ट हुनुपर्छ । त्यसो भयो भनेमात्रै राम्रो जनशक्ति उत्पादन गर्न सक्छौँ । हामीले (सर्टिफिकेट) उत्पादन गर्ने होइन । जनशक्ति उत्पादन गर्ने हो । त्यस्तो जनशक्तिमात्रै आफैँ बच्न सक्छ ।
मलाई अहिले शैक्षिक योग्यता कति हो भनेर सोध्यो भने पाँच कक्षा पनि पढेको छैन भनिदिन्छु । किनकि मलाई अहिले सर्टिफिकेटको आवश्यकता नै छैन ।
कतिले मलाई सोध्छन् ! तपाईं जागिर के खानुहुन्छ ? जागिर किन खानुपर्यो ? कविता लेखेर/ उपन्यास लेखेर र बोलेरै जीवन चलिरहेको छ । मैले भन्न खोजेको के हो भने सिर्जनशील जनशक्ति निर्माण गर्यौं भने काम उसैले सिर्जना गर्छ ।
प्रतिक्रिया दिनुहोस