को*रोना परीक्षण प्रयोगशालाहरूले सं*क्रमितको विस्तृत विवरण नराख्दा होम आइसोलेसनमा बसेकालाई सम्पर्क गर्न समस्या
324 Views
काठमाडौं, असार २५, खोज मिडिया । को*रोना परीक्षण गर्दै आएका प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण नराख्दा सकस भएको छ । घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पूरा नहुँदासम्म फलोअप गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले सं*क्रमितको विस्तृत विवरण नहुँदा सकस भएको बताएको छ ।
देशभरका ५८ सरकारी र ३८ निजी प्रयोगशालाबाट को*रोना परीक्षण हुने गरेको छ । तीमध्ये केही प्रयोगशालाहरूले सं*क्रमितको विस्तृत विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर) नसोधी परीक्षण गराउने गरेका छन् । जसकारण सं*क्रमण पुष्टि भई होम आइसोलेसनमा बसेकालाई सम्पर्क गर्न समस्या भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नि*यन्त्रण महाशाखाले जनाएको छ । हाल देशभर २६ हजार ४ सय सक्रिय सं*क्रमित आइसोलेसनमा रहेका छन् ।
को*भिड–१९ स्वाब परीक्षण गर्ने प्रयोगशाला एवं अस्पतालहरूलाई पत्र काट्दै ईडीसीडीले भनेको छ, पीसीआर पो*जेटिभ भएकाहरूको सम्पर्क नम्बर पूर्णरूपमा उपलब्ध गराइदिनू ।
महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले प्रयोगशालाबाट प्राप्त हुने रिपोर्टमा सम्बन्धित पीसीआर पो*जेटिभ रिपोर्ट आएका व्यक्तिको सम्पर्क नम्बरलगायत व्यक्तिगत विवरण उपलब्ध नहुने र गलत सम्पर्क नम्बर प्राप्त हुँदा केस म्यानेजमेन्ट एवं फलोअप कल प्रभावित हुने बताए ।
सबै पीसीआर प्रयोगशालालाई को*रोना पो*जिटिभ भएका व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराइदिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ । महाशाखाले कोरोना पत्ता लगाउन स्वाब परीक्षण गर्ने सबै प्रयोगशालालाई सं*क्रमण पुष्टि भएका व्यक्तिलाई ईडीसीडीको कल सेन्टरबाट कल गरिने भएकाले सम्पर्क नम्बर उपलब्ध गराउन आग्रह गरेको छ ।
प्रयोगशालाबाट पो*जिटिभ रिपोर्ट आएका व्यक्तिको सम्पर्क नम्बर र व्यक्तिगत विवरण पूर्णरूपमा उपलब्ध नहुने र गलत नम्बर उपलब्ध हुने हुँदा व्यवस्थापनमा समस्या हुने गरेको इपिडिमियोलोजी तथा रोग नि*यन्त्रण महाशाखाले बताएको छ । डा.पौडेलले सबै प्रयोगशालालाई पीसीआर परीक्षण गराउन आउने व्यक्तिलाई अनिवार्य रूपमा सम्बन्धित व्यक्तिकै सम्पर्क नम्बर उल्लेख गर्न लगाउन पनि अनुरोध गरिएको बताए ।
यस्तै, बिहीबार देशभर १ हजार ८ सय ७५ जना कोरोना सं*क्रमित थपिएका छन् । आरटीपीसीआर र एन्टिजेनविधिबाट १० हजार ५ सय चार जनाको को*रोना परीक्षण गरिएको थियो । ५ हजार ३ सय ७४ जनामा आरटी–पीसीआर र ५ हजार १ सय ३० जनामा एन्टिजेन परीक्षण गरिएकामा पीसीआरतर्फ १ हजार २ सय १८ र एन्टिजेनतर्फ ६ सय ५७ जनामा सं*क्रमण पुष्टि भएको छ ।
बिहीबार १ हजार २ सय ८६ जना सं*क्रमित को*रोनामुक्त भएका हुन् । यो सँगै नेपालमा को*रोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । हाल देशभरका अस्पतालमा ५ सय ७२ जना आईसीयू र १ सय ५७ जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय सं*क्रमितको संख्या २६ हजार ४ सय ४७ रहेको छ । केही दिनयता गम्भीर सं*क्रमितको संख्या घट्दो क्रममा रहेको छ ।
गत २४ घण्टामा २९ जना संक्रमितको मृ*त्यु भएको छ । नेपालमा को*रोनाबाट मृ*त्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको छ । यस्तै, बिहीबार काठमाडौं उपत्यकामा ४ सय २७ जनामा सं*क्रमण देखिएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंका २ सय ८७, भक्तपुरका ५८ र ललितपुरमा ८२ जना रहेका छन् । यो समाचार राजधानी दैनिकमा छ।
प्रतिक्रिया दिनुहोस