पाेखरा लेडी जेसीजकाे आयाेजना तथा पाेखरा महानगरपालिकाकाे सहकार्यमा (HIV)एचआईभी प्रभावितलाई अति आवश्यक सामाग्री वितरण
1019 Views
पाेखरा, खाेज मिडिया २४ असार । मिती २०७८ असार २४ गते, बिहिबार तदनुसार ०८ जुलाई २०२१ का दिन पोखरा लेडी जेसीजको आयोजना तथा पोखरा माहानगरपालिका वडा न.३ को सहकार्य मा एच*आईभि (HIV) प्रभावित लाई अति आवश्यक सामाग्री बितरण कार्यक्रम सु-सम्पन्न गरियो ।
पोखरा लेडि जेसिज बर्ष -२०२१ का अध्यक्ष जेसि कमला शर्मा कडेल(बिनिता)ज्यु को अध्यक्षतामा पोखरा मा.न.पा वडा न.३ को परिसरमा उक्त सामाग्री हस्ता*न्तरण गरि सप्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा-पोखरा माहानगरपालिका वडा न.३ का वडा सचिब चन्द्रावति वाग्ले ज्यु, महिला मन्च वडा न.-३ का अध्यक्ष मना शेरचन ज्यु, पत्रकार माहासंघ का केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनि ज्यु, एवं पोखरा लेडि जसिज बर्ष-२००७ काअध्यक्ष मिनु कुबर श्रेष्ठ ज्युको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा पोखरा माहानगर पालिका वडा न.३ का सचिब चन्द्रावति वाग्ले ज्यु र पत्रकार माहासंघ का केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनि ज्युले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम को संचालन पोखरा लेडि जेसिजका सचिब जेसी सुमित्रा कोईरालाले गर्नु भएको थियो
उक्त कार्यक्रममा पोखरा माहानगर पालिका वडा न.३ मा कार्यरत कर्मचारीज्युहरु तथा पोखरा लेडि जेसिज का पदाधिकारीहरु लगायत संस्थामा आबद्ध सदस्यहरु को उपस्थिति रहेको कार्यक्रम सब्य तरिकाले सम्पन्न भएकाे छ ।
प्रतिक्रिया दिनुहोस