फेसबुकबाट चिनजान गरी नेपाली महिलालाई भारत/ म्यानमार हुँदै कम्बोडिया लगेर बेच बिखन गरेकाे आराेपमा पक्राउ
1023 Views
काठमाडौं, खाेज मिडिया २४ असार । नेपाली महिलालाई भारत हुँदै कम्बोडिया लगेर बेचबिखन गरेको आ*रोपमा प्र*हरीले एक जनालाई प*क्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका-२ का ३७ वर्षीय किसान राई छन् । राईलाई अन्य ४५ जना महिला तथा पुरूषलाई कम्बोडिया पुर्याएको आ*रोप छ।
राईलाई प*क्रन मानव बेच*बिखन ब्युरोको प्रह*री केही दिनअघि धनकुटा पुगेको थियो। ब्युरोका अनुसार एक महिलालाई उनले फेस*बुकबाट चिनजान गरी रो*जगारीका लागि कम्बोडिया लैजाने आश्वासनमा हिँडाएका थिए ।
चार लाख पचास हजार रूपैयाँ पैसा लिएर ती महिलालाई उनले सुरूमा काठमाडौंबाट काँकडभिट्टा लगेका थिए । त्यहाँबाट आसाम/ नागाल्याण्ड/ गुहावटी/ मणिपुर पुर्याएका थिए । मणिपुरबाट पैदल हिँडाएर उनले म्यानमार पुर्याएका थिए ।
म्यानमारबाट थाइल्याण्ड हुँदै कम्बोडिया लगेर चिनियाँ नागरिक बस्ने गरेको घरमा पुर्याएका थिए। त्यहाँ मासिक एक लाख कमाई हुने लोभ महिलालाई देखाइएको थियो।
खाना बनाइदिने र घर सफा गर्ने काममा लगाइदिने भनिए पनि त्यहाँ यौ*न दासीको रूपमा काम गराइएको पाइएको ब्यु*रोको दा*बी छ। महिलालाई २०७६ फागुन १८ गते नेपालबाट हिँडाइएको थियो। उनी २०७७ कात्तिक ४ गते नेपाल फर्केकी थिइन्।
आफन्तले नेपालबाट पैसा पठाएपछि उनी टिकट का*टेर नेपाल आएकी थिइन्।
राईले अन्य ४५ जना नेपाल महिला तथा पुरूषलाई विभिन्न बाटो हुँदै कम्बोडिया लगेर अल*पत्र पारेको उ*जुरी वैदे*शिक रोजगार वि*भागमा छ। विभाग र ब्युरो प्र*हरीले ती उजु*रीको अनुसन्धान गरिरहेको बुझिएको छ।
त्यसमा कोही म्यानमारको बाटो हुँदै कम्बोडिया पुर्याइएका छन्, भने कसैलाई भिजिट भिसामा त्रिभुवन विमानस्थल हुँदै उडाइएको पाइएको ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले बताइन्।
सिंहका अनुसार राईसँगै काम गर्ने ६/७ जनाको गिरो*ह कम्बोडियामा बस्छ। जसले नेपालबाट मानिसहरू अ*वैध तरिकाले लगेर होटल तथा रेस्टुरेन्टमा काम लगाउने गर्छ।
(झन्डै २० जनाले उनीहरूवि*रूद्ध वैदेशिक रोजगार विभाग र ब्युरोमा उजु*री दिएका छन्। दुबै निकायले छा*नविन तथा अनुसन्धान गरिरहेको छ। सिंहले भनिन्।
प्रतिक्रिया दिनुहोस