घरमै आएर प्रेमीका बिनालाई भरतपुर पुर्याएका प्रेमी प्रवेश कँडेल समातिए (विना र प्रवेश काे प्रेम सम्बन्धि घरपरिवाजनमा अवगत)
502 Views
चितवन, खाेज मिडिया २३ असार । नवलपुरको गैंडाकोट नगरपा*लिकाको झप*र्दीका जयश्वर सापकोटाकी २१ वर्षीया छोरी विना हरा*एपछि अहिले परिवार ठूलो समस्यामा परेका बेला बिनाका प्रेमी भनिएका युवक प्रवेश कँडेल समातिएका छन् ।
असार १८ गते साँझ उनलाई ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवक प्रवेश कँडेलले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको सल्लाहमा नै निस्किएका थिए ।
तर आधा घण्टामानै फर्किन्छु भनेर घरबाट निस्किएकी छोरी विना एक साता लामो समय हुँदा पनि नर्फकिएपछि परिवार त*नावमा रहेको बाबु जयश्वर सापकोटाले फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै सबैलाई छोरी खोजीदिन आग्रह गरेका छन् ।
जयश्वर सापकोटाले छोरीको फाेटोसहित राखिएको सूचनामा असार १४ गते अपरान्ह साढे ४ बजे यही पोशाकमा घरबाट निस्किएकी विनासापकोटा अहिलेसम्म पनि कसैसँग सम्पर्कमा नआएकाले देख्ने र भेट्नेले सहयोग गरिदिन आग्रह गरे पनि छोरी अहिलेसम्म फेला परेकी छैनन् ।
असार १४ गते विनाका प्रेमीले उनलाई घरबाट स्कुटरमा राखेर लैजानुपूर्व विनाले आफ्ना प्रेमी बेलायत गएपछि अर्की युवतीसँग प्रेममा रहेको रहस्य थाहा पाउँछिन् र सोह विषयमा छलफल गर्न उनले प्रेमी प्रवेशलाई बोलाउँछिन् ।
प्रवेश आएर उनलाई लिएर अर्की युवती कुशुमलाई भेटाउँछन् । भेटे लगत्तै विना बेहोश भएको र कुसुमको घरमा लगेको प्रवेशले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । बिना बेहोस भएपछि प्रेमी भनिएका युवकले विनाका बाबुलाई फोन गरेर जानकारी गराउँछन् ।
उनी पैसा निकाल्न एटिएम बुथमा छिरेपछि बिना एकाएक हराउँछिन् । फिल्मको जस्तो यो दृ*श्य भरतपुरको चौबिसकोठीको हो । प्रहरीले प्रवेशलाई निय*न्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रवेशको साथबाट विनाको मोवाइल फेला पारेको आधारमा अनुसन्धान अगाडी बढाइएको छ । २१ वर्षीया विना गैंडाकोटमै रहेको जनक कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन्।
विनाले प्रवेशलाई ५ वर्षदेखि प्रेम गर्दै आएको बाबुले पनि स्विकारेका छन् । यसअघि नै भाग्ने तयारीमा रहेका यो जोडीलाई पारिवारिक सहमतिमा उमेर पुगेपछि विबाह नै गरिदिने सल्लाहमा जयश्वर सापकोटाले छोरीलाई थमाएर राखेको प्र*हरीलाई दिएको बयानमा उल्लेख गरेका छन् ।
विना हराएको दिन जयश्वर सापकोटा र प्रवेश दुवै प्र*हरीलाई जानकारी गराउन प्र*हरी कार्यालय पुगेका थिए साे हि*रासतमा रहेका प्रवेशको जुलाईको १२ तारिखमा बेलायत फर्कने टिकट छ।
उनले अहिले नै विनासँग विबाह गर्ने प्रस्ताव राखेको भएता पनि परिवारले अझै २ वर्ष कुर्नका लागि आग्रह गरेको थियो । जायश्वरका ३ छोरा-छोरीमध्ये विना कान्छी हुन् । उनका एक छोरा साथमा नै छन् । जेठी छोरीको विबाह भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस