प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दा सर्बोच्चमा टुंगिनै लाग्दा निर्वाचन आयाेगले चुनावी कार्यतालिका तयार
229 Views

काठमाडौं, खाेज मिडिया २३ असार । प्रतिनिधिसभा वि*घटन सम्बन्धि मुद्दा विचाराधीन अवस्थामा सर्बोच्च अदालतमा टुंगिनै लाग्दा निर्वाचन आयोगले भने प्रति*निधिसभा निर्वा*चनका लागि चुना*वी कार्यतालिका बनाएको छ ।
सरकारले पहिलो चरणमा २६ कात्तिकमा र दोस्रो चरणमा ३ मंसिरमा निर्वाचन गर्ने घोष*णा गरेपछि तयारीस्वरुप आयोगले कार्यतालिका बनाएको हो ।
आयोगले राजनीतिक दलहरुका लागि दल दर्ता/उम्मेदवारी दर्ता/ चुनाव चि*ह्न प्रदान गर्ने देखि निर्वाचन केन्द्रका अधिकृत चयन सम्मको कार्यतालिका आयोगले बनाएको हो ।
त्यस्तै दोस्रो चरणको निर्वाचनका लागि ३१ असोज र १ कात्तिकमा उम्मेदवारी मनोनयन दर्ता गरिनेछ । ७ कात्तिकमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र सोही दिन उम्मेदवारलाइ चुनाव चि*ह्न दिइने आयोगले जनाएको छ ।
कार्यतालिका अनुसार पहिलो चरणको लागि उम्मेदवारको मनोनयन दर्ता २० र १२ असोजमा गरिनेछ । त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान २५ असोजमा गरिनेछ ।
अर्थ मन्त्रालयले प्रति*निधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ब*जेट खर्चसम्बन्धी सहमति प्रदान गरिसकेको छ ।
निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी अर्थले सहमति दिएको हो । आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम खर्च हुने छ ।
निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा उक्त बजेट खर्च हुने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस