माेटर बाटाेका कारण भईराखेकै घर,जमिन गसमाउनु पर्दाकाे पिडा
407 Views
धादिङ, खाेज मिडिया २३ असार । घर नजिकैबाट मोटर चल्नुलाई धेरै मान्छे खुसीको विषय ठान्छन् । घरको अगाडिबाट मोटर बाटो नि*काल्न म*रि*हत्ते गर्छन् , तर मोटर बाटोका कारण भइराखेकै घर/जमिन गु*माउनु पर्दाको पी*डा कस्तो होला ?
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० लैताक *जोगीमारा* का कुमार चेपाङलाई घर नजिकैबाट लगिएको मोटर बाटोले धरधरी रुवाएको छ। कुमार चेपाङको परिवार यो ठाउँमा बस्न थालेको २२ वर्ष भयो। उनको घरमुनिबाट ग्रा*मीण स*डक ख*निएको एक दशक भयो ।
पृथ्वी रा*जमा*र्गको हुग्दीखोलाबाट चितवनको हात्ती*बाङसम्म जोडिने ग्रा*मीण सडक खन्दै गर्दा नै कुमारको मनमा चस्को पसेको थियो ।
उनले त्यतिखेरै बाटोले आफ्नो घर खेतलाई असर पार्नसक्ने भन्दै स*चेत गरा*उन खोजेका थिए ! तर त्यतिखेर उनको कुराको सुनु*वाइ भ*एन । त्यतिखेर बाटो माथि थुम्कोमा उनको चार रोपनी जग्गामा घर थियो । २०७२ सालको भूकम्पले क्षे*ति गरेपछि पु*रानो घरको आडैमा अनुदानको घर तयार पारे । घरअगाडि सानो आँगन अनि आँगनको अगाडि बारी थियो ।
गत वर्षको माघमा बाटो बिस्तारका लागि भन्दै गाउँपालिकाले एक्साभेटर चलायो । असारको पहिलो हप्तामा परेको पानीले डेढ रोपनी बारी गर्लम्मै झर्यो ! चार रोपनी जग्गामध्ये अब एक/डेढ रोपनीमात्रै बाँकी छ! कुमारले भने! (बाँकी रहेको घर र थोरै बारी पनि कुन दिन लैजान्छ भन्ने पीर छ।)
हुग्दीखोलाबाट उकालो चढ्ने सडकको नाम बुद्धमार्ग राखिएको छ । केही दिनअघिको ठूलो झ*रीमा यो सडक छिया/छिया भएको छ । धेरै ठाउँमा पहि*रोले बाटो ध्व*स्त पारेको छ। कतै माथिबाट पहि*रो झरे*को छ भने कतै सडकको छेउ भा*सिएको छ।
सडकको प*हिरो कुमारको आँगनसम्मै पुगेको छ। केही दिनअघि अविरल वर्षा हुँदा उनको परिवार घरमा सुत्न पनि सकेन । कैयौं रात अनि*दै कटाए । गाउँका गन्यमान्यदेखि वडाअध्यक्ष हुँदै गाउँपालिकासम्म कुरा पुर्याए तर कसैले उनको कुराको वास्ता गरेनन् । जो*खिम बढेपछि उनी केही दिन सडकमै पुगे । खामो डाँडाँ बाट भाटा जुटाएर पाँच दिनसम्म सडकमै टह*रो बनाएर बसे।
सडकले गर्दा मेरो गरिखाने जग्गा नै गयो घर पनि जाने अवस्थामा पुग्यो। उनले भने! अब यहीँ बस्ने हो भनेर बाटैमा टहरो बनाएँ ।
कुमारले सडकमै टहरो ठडाएपछि बल्ल गाउँलेको टाउको दुख्न थाल्यो । स्थानीय जनप्र*तिनि*धिलाई पनि त*नाव भयो ।
उनीहरू सबैले ट*हरो हटा*उन अनुरोध गरे । पहिले आफू जोखिममा परें भन्दा बेवास्ता गरेका जनप्रतिनिधिले कुमारलाई फोन गरेर *खुरुक्क टहरो हटा* भने। तैपनि कुमार मानेनन् ।
सडकको बसाइ उनको बाध्यता थियो। कुमारको माग सडकको कुनामा पर्खाल लगाएर आफ्नो घर खेतको सुर*क्षा गरिदिनुपर्यो भन्ने थियो।
(सोमबारबाट घाम लाग्न थाल्यो । पानी नपर्दा त जोखिम नहोला कि भनेर घरमा उक्लिएको छु। सबैको टोकसो सुन्नु परेपछि अहिलेलाई टहरो पनि हटाएको छु। उनले भने!) तर! मेरो समस्या कसले सुनिदिने हो थाहा छैन ।
कुमारको यो ठाउँबाहेक पखेरो र खोरिया गरेर थप ६ रोपनी जग्गा छ । त्यहाँ खासै राम्रो उब्जाउ हुँदैन । घरसँगै जोडिएको जग्गामा खेती गरेर उब्जिएको तरकारी बेचेर उनले वर्षौंदेखि परिवार चलाएका थिए।
पिँडालु/ तने बोडी हुर्किएको थियो प*हिरोले बारी नै लग्यो! उनले भने! कुमारले आफ्नो समस्या देखाएर वडा कार्यालय र गाउँपालिकामा पटक/पटक निवेदन दिए पनि केही समाधान ननिस्किएको बताए । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष अमर गुरुङले यसपालि मात्रै नभएर हरेक वर्ष ग्रामी*ण सडकमा क्षे*ति हुने गरेको बताए।
यसपालि पहिलेभन्दा अझ बढी क्षे*ति भएको उनले बताए। मर्का त परेकै हो! प्रकोपले गरेको हो! वडाध्यक्ष गुरुङले भने! तर! त्यसो भनेर सडकमै टहरो बनाउन त भएन नि।
उनले प्राविधिक पठाएर क्षे*ति मूल्यांकन गर्ने बताए। तर कुमारले भनेजस्तो पर्खाल लाउने तयारी स्थानीय तहको छैन।
गत वर्ष यो वडाका जवाङखोला र मोवाखोलामा ठाडोखोलाको बा*ढीले ठूलो क्षे*ति गरेको थियो। मोवाखोलाका ३ र जवाङखोलाका ६ घरमा पूर्ण क्षे*ति भएको थियो ।
तिनीहरूलाई क्षे*तिपू*र्तिका लागि लेखेर पठाएको उनले बताए। तर! त्यसको केही जवाफ आएको छैन! वडाध्यक्ष गुरुङले भने! हामीले गर्न सक्ने त्यत्ति हो! उहाँ (कुमार)को मात्रै होइन/ उहाँको नजिकै अरू २ घर त भत्किसकेका छन् । तिनिहरुकाे पनि समस्या आएको छ। बुद्धमार्ग सञ्चालक समिति अध्यक्ष कुमारी डल्लाकोटीले त्यहाँका चेपाङ समुदायका २ घरलाई धेरै नै अ*सर परे*को बताइन् ।
(घरगोठ नै प*हिरोले तान्ने अवस्थामा छ) उनले भनिन्! कंक्रिट पर्खाल वा ग्याबिन भरेर प*हिरो रोकिहाल्नुपर्ने अवस्था छ।
कुमारले मागेको पनि त्यही हो। बाटो त सबैलाई चाहिन्छ नै! उनले भने! हाम्रो घरगोठ पनि जोगिनुपर्यो होला नि , बाटोको माथिबाट माटो नबग्ने उपाय लगाइदिए हुन्थ्यो।
अध्यक्ष डल्लाकोटीका अनुसार बुद्धमार्गमा पर्ने कम्तीमा ६ घरलाई तत्कालै सार्नुपर्ने देखिएको छ। करिब ८ किलोमिटर लामो यो सडकको कोटगाउँका ४ घर पनि जोखिममा छन् ।
त्यहाँका स्थानीय अक्कल मगरले सडकले घर र शौचालय पहि*रोमा पर्ने जो*खिम भएको बताए । बुद्धमार्ग सञ्चालक समितिका पूर्वअध्यक्ष रामकृष्ण डल्लाकोटीका अनुसार यो सडक स्तरोन्नतिका लागि यसअघि २ करोड बजेट आएको थियो ।
सबै काम गर्न भ्याइएन । यसपालि फेरि करिब पौने ३ करोड बजेटमा काम हुँदै छ। जोखिममा रहेका घरगोठ र जग्गा जोगाउनु पर्ने छ। उनले भने !
स्थानीय राष्ट्रिय माध्यमिक विद्यालय खोरभञ्ज्याङका प्रधानाध्यापक दीपक रिजाल गाउँ/गाउँमा सडक खन्दा अति ध्यान दिनुपर्ने अवस्था आएको बताउँछन् ।
विकासको पहिलो सर्त त सडक नै हो! सडक सबैलाई चाहिन्छ। उनले भने! तर विकाससँगै आउन सक्ने वि*नास रोक्नतिर पनि ध्यान दिनुपर्ने अवस्था आएको छ।
प्रतिक्रिया दिनुहोस